शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • विश्व बैंकले नेपाललाई १० करोड डलर सहायता दिने

विश्व बैंकले नेपाललाई १० करोड डलर सहायता दिने

  • शुक्रबार, असार २५, २०७८
विश्व बैंकले नेपाललाई १० करोड डलर सहायता दिने

विश्व बैंकले नेपालको विद्यालय र स्वास्थ्य क्षेत्रमा लगानी गर्नका लागि १० अर्ब सहायता उपलब्ध गराउने भएको छ। बैंकको कार्यकारी बोर्डले नेपाललाई दिने १० करोड अमेरिकी डलर बराबरको सहायता स्वीकृत गरेको हो। यो सहायता नेपालको विद्यलाय शिक्षा क्षेत्रको सुधारमा ५ करोड डलर परिचालन हुने छ भने स्वास्थ्य क्षेत्रमा ५ करोड हुने छ।

विद्यालय छोड्नेहरुको संख्या घटाउनका लागि छात्रवृत्ति लगायतका अनुदान तथा सहायतामा यो रकम परिचालन हुने छ। पाँच करोड डलर भने स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण तथा कोरोना महामारी नियन्त्रणका प्रयासमा परिचालन हुने छ।

चर्चामा

सम्बन्धित समाचार