शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • रक्सि र मासुको मातमा भोट खसाल्दा

रक्सि र मासुको मातमा भोट खसाल्दा

  • मङ्लबार, असार २२, २०७८
रक्सि र मासुको मातमा भोट खसाल्दा

यिनै नेताहरु पनि कस्तो वेईमान भए अचेल,
उस्तै जनताले गर्ने गोप्पे मतदान भए अचेल।

रक्सि र मासुको मातमा भोट खसाल्दा उस्तै,
देशभक्ति भावना समेत अफ्सान भए अचेल।

भोका जनता लाछि नेताले देश पराधिन भयो,
भरिदै गएसी मालिक बिदेशी बान भए अचेल।

मधेशमा त नेपाली भेश भाषानै लोप हुँदै गयो,
आफ्नै शन्तानहरु त्यँहाबाट उठान भए अचेल।

जँहा हिजो हाम्रा बाजेका खेत थिए बारी थिए,
भयो पलाटिङ्ग र बिदेशीका दोकान भए अचेल।

बीन्ति गरेर केहि हुँदैन देशभक्त जुर्मुराउँनु पर्छ,
जता कतै भरिभराउ देशमा सैतान भए अचेल।

देश अशुरक्षित भयो नेताहरु दलाल बिदेशका,
रक्षक देशका खाडि र कोई जापन भए अचेल।

चर्चामा

सम्बन्धित समाचार