बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • साफेँ मार्तडी सडककाे पिच सडकमा स्काईभेटर, चालक प्रहरी नियन्त्रणमा

साफेँ मार्तडी सडककाे पिच सडकमा स्काईभेटर, चालक प्रहरी नियन्त्रणमा

  • सोमवार, असार २१, २०७८
साफेँ मार्तडी सडककाे पिच सडकमा स्काईभेटर, चालक प्रहरी नियन्त्रणमा

बाजुरा — जिल्लाको साफेँ मार्तडी सडकखण्ड अन्तरगत रहेको बल्दे देखी सदरमुकाम मार्तडी सम्मको पिच सडकमा स्काईभेटर डोजरले कालो पत्रे गरेको सडक उप्काएको छ । बाजुरोको हिमाली गाउँपालिकाका ठेकेदार जोग बहादुर भण्डारीका दुई ओटा ठुला स्काईभेटर डोजर कालोपत्रे गरेको सडकमा ल्याएर बल्दे देखी मार्तडी सम्मको सबै कालोपत्रे गरेको सडक बिगारेको जिल्ला प्रहरी कार्यालय बाजुुराले जनाएको छ ।
बर्षाको समयमा उसै पनि धेरै ठाउँ सडकहरु बिग्रेको र नभत्केको ठाउँ पनि डोजर हिडाएर ल्याउदा पुरै सडक बिगारेको प्रति बाजुराका स्थानीय आक्रोस भएका छन ।
भण्डारीका दुई डोजरले पुरै कालोपत्रे सडकमा गुडाएर ल्याएको देखेर नेपाल खेलकुद महासघं बाजुराका युवाहरुले रोक्न लगाई प्रहरीलाई खवर गरेको खेलकुद महासघं बाजुराका सचिव लक्ष्मण रोकायाले बताएका छन ।
यसरी सडकमा प्रशासनलाई समेत जानकारी नगरी बनाएको सडक भत्काउने गरी डोजर हिडाउनेलाई हदै सम्मको कार्बाही गरी सडक बनाईदिन युवाहरुको माग रहेको छ । साे सडकमा डाेजर गुडाएर ल्याउने डाेजर चालक प्रहरीले नियन्त्रणमा लिएकाे प्रहरीले बताएकाे छ ।
यसरी जिल्लाको सडक संजांलहरुको रेखदेख गर्ने जिम्मेवारी सडक ऐन संसोधित २०६६ अनुसार परिक्षेद ३ को उपदफा २ बमोजिम जिल्ला समन्य समिति र प्रमुख जिल्ला अधिकारीको जिम्मा रहेको छ ।
सो ऐनमाको १६क.वजनको हद निर्धारण गन वजनको हद निर्धारण गन वजनको हद निर्धारण गनेः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै सार्वजनिक सडकले वहन गर्न सक्ने वजनको हद तोकी त्यस्तो सार्वजनिक सडकमा त्यसरी तोकिएको हद भन्दा बढी वजनको सवारी चलाउन नपाउने गरी निषेध गर्न सक्नेछ । भन्ने कुरा उल्लेख गरिएको भए पनी डोजर चालकले भने नियमको उल्लघन गरेको पाइएको छ ।

 कारवाई गर्ने अधिकार र त्यस उपरको पुनरावेदन कारवाई गर्ने अधिकार र त्यस उपरको  (१) दफा १४ को प्रयोजनको लागि जग्गा अधिग्रहण गर्दा बाधा विरोध गरेको, दफा १६ बमोजिम लगाएको रुख काटेको वा उखेलेको, दफा १७ बमोजिम माटो, ढुङ्गा वा बालुवा लिंदा बाधा विरोध गरेको, दफा १८ को बर्खिलाप सार्वजजिक सडकको आवागमनमा बाधा पुर्‍याउने गरी कुनै माल वस्तु राखेको, फालेको जडेको, बनाएको, झुण्डाएको र दफा १९ को बर्खिलाप सार्वजनिक सडक वा सडक सीमा भित्र कुनै काम गरेको कसुरको सम्बन्धमा कारवाई गरी सजाय दिने अधिकार सडक विभाग वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको अधिकारीलाई हुनेछ । (२) उपदफा (१) बमोजिम कारवाही गर्दा सडक विभाग वा तोकेको अधिकारीले प्रचलित कानुन बमोजिम कार्बाही गर्न सक्ने कुराे सडक एेनमा उल्लेख गरिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार