शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • कला /साहित्य
  • देशका साशकहरु बिदेशका दाश भएपछि,

देशका साशकहरु बिदेशका दाश भएपछि,

  • आइतवार, असार २०, २०७८
सेयर गर्नुहोस् :
देशका साशकहरु बिदेशका दाश भएपछि,

देशका साशकहरु बिदेशका दाश भएपछि,
शंर्घषकै मैदानमाछौँ समस्य खास भएपछि।

बिकाशको नाउँमा नागरिकता बेच्न थाल्यो,
नेताहरुको देशभक्तिपनि बकवाश भएपछि।

देशछाडेर बिदेश जानुपरेकोछ युवाहरुलाई,
बेरोजगारी र माथि समस्यको रास भएपछि।

लड्ने,मर्ने मनलाग्छ देशको लागि मलाईनी,
शंर्घषमा सहदात पाएको ईतिहाश भएपछि।

को चुप चाप सहेर बस्न सक्छ भन त यँहा,
सधै आफ्नै मातृत्वको सत्यानाश भएपछि।

कस्ले ह्याप्दैन हामिलाई भन संसार भरीमा,
ठुला पार्टीका नेतानै जिउँदा लाश भएपछि।

उठ जाग जनताहो यो देश जोगाउँनुछ भने,
लड्नै पर्छ सरिरमा रगत र स्वास भएपछि।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार