शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • देशका साशकहरु बिदेशका दाश भएपछि,

देशका साशकहरु बिदेशका दाश भएपछि,

  • आइतवार, असार २०, २०७८
देशका साशकहरु बिदेशका दाश भएपछि,

देशका साशकहरु बिदेशका दाश भएपछि,
शंर्घषकै मैदानमाछौँ समस्य खास भएपछि।

बिकाशको नाउँमा नागरिकता बेच्न थाल्यो,
नेताहरुको देशभक्तिपनि बकवाश भएपछि।

देशछाडेर बिदेश जानुपरेकोछ युवाहरुलाई,
बेरोजगारी र माथि समस्यको रास भएपछि।

लड्ने,मर्ने मनलाग्छ देशको लागि मलाईनी,
शंर्घषमा सहदात पाएको ईतिहाश भएपछि।

को चुप चाप सहेर बस्न सक्छ भन त यँहा,
सधै आफ्नै मातृत्वको सत्यानाश भएपछि।

कस्ले ह्याप्दैन हामिलाई भन संसार भरीमा,
ठुला पार्टीका नेतानै जिउँदा लाश भएपछि।

उठ जाग जनताहो यो देश जोगाउँनुछ भने,
लड्नै पर्छ सरिरमा रगत र स्वास भएपछि।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार