शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • सदरमुकाम मार्तडीमा खानेपानीको हाहाकार

सदरमुकाम मार्तडीमा खानेपानीको हाहाकार

  • शुक्रबार, असार १८, २०७८
सदरमुकाम मार्तडीमा खानेपानीको हाहाकार

जंग रावल/ बाजुरा– सदरमुकाम मार्तडीमा महिनौ देखी खानेपानीको आहाकार भएको छ । एक महिनासम्म पनि धारामा खानेपानी नआए पछि बिद्यार्थी, होटे ब्याबसायीहरुलाई खाने पानीको समस्य भएको छ ।
एक महिना भयो धारामा पानी आएको छैन आधा घण्टा हिडेर थापाबाट र बाहुली गएर खानेपानी ल्याएर खान पकाएर खाने गरेको मार्तडीमा भाडाबा बस्दै आएका बिद्यार्थी विनोद धामीले बताएका छन । उनले पानी निरन्तर रुपमा मार्तडी बजारमा कुनै ठाउँमा पानी आए कुनै ठाउ आउदै नआएको बताएका छन ।
उनि बषौँ मार्तडीमा बस्तै आएका तर उनले निरन्तर रुपमा ताज पानी खान भने नपाएको बताएका छन । मालिका माबिमा अध्ययन गदै आएका बिनोदले कुनैै दिन त पानी नै नभएका कारण भोकै बसेको दुखेसो बडिमालिका खवरलाई बताएका छन् ।
बिनोद एक उदाहरका पात्र मात्र हुन । सदरमुकाम मार्तडीमा बस्दै आएका सयौ बिद्यार्थीहरुको यस्तै समस्य रहेको छ। पानी नआएपछि होटेल ब्यासाहिहरुले बिद्युत्त नहरको पानीले खाना पकाएर खुवाउने गरेका छन् । बजारमा खानेपानीको अभावका कारण स्थानिय र भाडामा बस्नेहरुले खाने पानी नपाएको धामीले बताएका छन । बाजुरा मार्तडीमा खाने पानीको अभाावका कारण यहाँका होटल व्यवसायीहरु ठप्प रहेको दिलिप रोकायाले बताएका छन ।
रोकायाले मार्तडीमा होटल व्यावसाय सन्चालन गर्दै आएको बषौँ भयो तर मार्तडीमा भने निरन्तर खानेपानी कहिलै नआएको बताए । कहिले काही आक्कल झुक्कल पानी आउछ । पानीमा पुरै किरा जुका माटो लगाएत फोहोर आउने गरेको होटेल ब्यबसायिहरुले बताउने गरेका छन् । मासिक बिल जहिलै तिर्न पर्छ बिल तिदा कहिलै केही भएको मर्मत हुदैछ कहिले केही बिग्रेको मर्मत हुदैछ भन्दै कर्मचारीले बहाना गर्ने गरेका छन् ।
खानेपानी कहिलै आउदैन नगरपालिका प्रशासनलाई जानकारी गराउदा पनि वास्था नहुने गरेको होटेल ब्यबसायीहरुले बताएका छन् अघिल्लो बर्ष त बजार बासी सबै गएर बडिमालिका नगरपालिकामा रिता भाडा लिएर नारा बाजी सहित बिरोध समेत गरेको स्थानियल् बताएका छन् ।
खानेपानी समितिले बर्षाका कारण खानेपानीको पाईपलाई पहिरोले ठाउठाउ बिगारी दिएपछि मार्तडीमा खाने पानीको समस्य भएको बताएका छन् । बिग्रेको ठाउमा मर्मत हुदैछ । मर्मत गरि सक्ने बित्तिकै बजारमा पानीको अभाब नहुने समितिले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार