शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • ४० किलो गाँजासहित पर्साबाट दुई जना पक्राउ

४० किलो गाँजासहित पर्साबाट दुई जना पक्राउ

  • बुधबार, असार १६, २०७८
४० किलो गाँजासहित पर्साबाट दुई जना पक्राउ

काठमाडौं —  ४० किलो गाँजासहित पर्साबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रसाद खनालका अनुसार गए राति करिब १ बजे पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ मकवानी चौरीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर राक्सीराङ गाउँपालिकाका ४० वर्षीय वीरबहादुर प्रजा र २० वर्षीय सोमलाल प्रजा रहेका छन । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले उनीहरू दुबै जना शंकास्पद रूपमा हिँडिरहेका अवस्थामा जाँच गर्दा गाँजा फेला परेको हो।

उनीहरूले तीन वटा बोरा राखेर बोकिरहेको अवस्थामा ४० किलो गाँजा प्रहरीले फेला पारेको थियो। प्रहरीले लागुऔषध सम्बन्धी कसुरमा उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार