शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा नुहाउन गएका किशोरको नदीमा डुबेर मृत्यु

कञ्चनपुरमा नुहाउन गएका किशोरको नदीमा डुबेर मृत्यु

  • सोमवार, असार १४, २०७८
कञ्चनपुरमा नुहाउन गएका किशोरको नदीमा डुबेर मृत्यु

कञ्चनपुरमा नदीमा डुबेर एक जनाको ज्यान गएको छ। जिल्लाको बेल्डाडी गाउँपालिका–५ झिलमिला स्थित चौधर नदीमा डुबेर बेल्डाडी १ का १५ वर्षीय करन सुनारको मृत्यु भएको हो।

सोमबार नुहाउने क्रममा उनी बेपत्ता भएका थिए। उनको खोजी कार्यका लागि सशस्त्र प्रहरीको गोताखोर टोली खटिएको थियो। सोही टोलीले बेपत्ता भएको स्थानबाट करिब २५ फिटको दुरीमा सुनारको शव फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले जनाएको छ।

सुनारको शव काठ तथा तारको जालीमा फसेको अवस्थामा फेला परेको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले बताए। फेला परेको शव आवश्यक कानुनी कारवाहीको लागि मृतकका आफन्त र नेपाली प्रहरीको टोलीलाई बुझाएको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार