बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • आईएनएफ नेपाल बाजुराद्धारा जिल्ला अस्पतालमा स्वास्थ्य साम्रगी सहयोग

आईएनएफ नेपाल बाजुराद्धारा जिल्ला अस्पतालमा स्वास्थ्य साम्रगी सहयोग

  • सोमवार, असार १४, २०७८
आईएनएफ नेपाल बाजुराद्धारा जिल्ला अस्पतालमा स्वास्थ्य साम्रगी सहयोग

बाजुरा — आईएनएफ नेपाल बाजुरा शाखाले जिल्ला अस्पताल बाजुरालाई बिभिन्न स्वास्थ्य साम्रगी सहयोग गरेको छ । आईएनएफ नेपाल बाजुरा शाखा र टियरफण्टको आर्थिक सहयोगमा जिल्ला अस्पताल बाजुरालाई कोभिट १९ प्रतिकार्य स्वास्थ्य साम्रगीहरु हस्तान्तरण गरेको हो
आईएनएफ नेपाल बाजुरा शाखाले जिल्ला अस्पताल बाजुरालाई बिरामी बेड कम्पीलिट सेट ४ ओटा, अक्सिजन सिलीण्डर २ जम्बो र ३ सानो, पिपिई सेट १० थान, एन नाइन्टी फाइप मास्क २ सय पिस, टेन्ट हाउस १ सेट, सेनिटाईजर ५ सय मिलिलिटर ५० बोदल, डिसइन्फेक्ट ५ ग्यालीन, सर्जिकल माक्स ५० बक्स, पल्स अक्सोमिटर १० थान, स्प्रे ट्याङ्की १ ओटा गरी जम्मा ४ लाख ५० हजार बराबरको साम्रगी हस्तान्तरण गरिएको आईएनएफ नेपाल बाजुरा शाखाका परियोजना संयोजक जुहारीलाल कार्कीले बताए ।
जिल्ला अस्पताल बाजुराका अस्पताल ब्यबस्थापन समिति अध्यक्ष भरत थापा र जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीलाई आईएनएफ नेपाल बाजुरा शाखाले एकमुष्ट साम्रगी हस्तान्तरण गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले बताए । सहायोगी निकायहरुको सहयोग राम्रो रहेको र यसपछिका दिनमा पनी सहयोगको अपेक्षा रहेको डाक्टर जोशीको भनाई रहेको छ ।
जिल्ला अस्पताल बाजुराका अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले आईएनएफ नेपाल बाजुरा शाखाको सहयोग राम्रो रहेको बताएका छन । उनले भने यस अघि अस्पताल बाजुरालाई नगद समेत दिएर आईएनएफ नेपाल बाजुरा शाखाले सहयोग गरेको बताए । त्यस्तै कोरोना संक्रमित कुनै पनि ब्यक्ती जिल्ला बाईर पठाउनु पर्ने र आपतकालमा कसैले एम्बुलेन्स भाडा समेत जोहो गर्न नसक्नेहरुका लागि प्रति ब्यक्ती भाडा स्वरुप १५ हजार दिने गरी जिल्ला अस्पतालको आर्थिक भार हुन नदिन सहयोग गरेकोमा अध्यक्ष थापाले धन्यबाद समेत ब्यक्त गरेका छन ।

No description available.
बिपत र महामारीका समयमा गरिएको यो सहयोगले बाजुराली नागरिकका लागि ठुलो सहयोग भएको गैसस महासघं बाजुराका सचिव कृष्ण अधिकारीले बताए । संकटका बेला हामी सबै गैर सरकारी संस्थाहरुले गर्न सकिने भनेकै यही हो र यसलाई जिल्लाका सबै गैर सरकारी संस्था सकरात्मक र रचनात्मक सहयोगका लागि तत्पर रहेको सचिव अधिकारीले बताए ।
जिल्ला अस्पताल बाजुराका ब्यबस्थापन अध्यक्ष भरत थापाको अध्यक्षतामा संचालन भएको साम्रगी हस्तान्तरण कार्यक्रममा जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशी गैसस महासघं बाजुराका सचिव कृष्ण अधिकारी, जिल्ला प्रशासनका प्रतिनिधी, स्वास्थ्य कार्यालय बाजुराका प्रतिनिधी पत्रकार आईएनएफ नेपालका परियोजना संयोजक जुहारीलाल कार्की, तिलक भण्डारी लगायतको उपस्थिती रहेको थियो । कोराना भाइरसको दोस्रो भेरिएन्ट आएसंगै जिल्लामा गैरसरकारी संस्था सामाजिक अभियान्ताहरुले बिभिन्न साम्रगी सहयोग गर्दै आएका छन ।

चर्चामा

सम्बन्धित समाचार