शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • अत्याधिक गर्मीले अमेरिका र क्यानडाका केही शहरको जनजीवन अस्तव्यस्त

अत्याधिक गर्मीले अमेरिका र क्यानडाका केही शहरको जनजीवन अस्तव्यस्त

  • सोमवार, असार १४, २०७८
अत्याधिक गर्मीले अमेरिका र क्यानडाका केही शहरको जनजीवन अस्तव्यस्त

अत्याधिक गर्मीले अमेरिका र क्यानडाको केही शरहको जनजीवन अस्तव्यस्त भएको छ ।

अमेरिकाको क्यालिफोर्निया, ओहायो, राजधानी वासिङ्गटन र ओरेगन राज्यमा तातो हावा चलेको छ । हाल ३८ डिग्री सेल्सियस मापन गरिएको त्यहाँको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्न सक्ने चेतावनी दिइएको छ ।

केही शहरमा चिसोका लागि कुलिङ सेन्टरहरु खोलिएको छ । अमेरिकी राष्ट्रिय मौसम सर्भिसले तापमानलले नयाँ रेकर्ड कायम गर्ने प्रक्षेपण गरेको छ।

क्यानडा, ब्रिटिस कोलम्बियामा पनि तापक्रम उच्च भएको छ । त्यहाँ शनिवार तापमान ४३ डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको रोयटर्सले जनाएको छ । अझै तापक्रम बढे मानिसको ज्यान जान सक्ने चेतावनी दिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार