बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • कपडा सुकाउदा करेन्ट लागेर एक महिलाको मृत्यु, दुई घाइते

कपडा सुकाउदा करेन्ट लागेर एक महिलाको मृत्यु, दुई घाइते

  • आइतवार, असार १३, २०७८
कपडा सुकाउदा करेन्ट लागेर एक महिलाको मृत्यु, दुई घाइते

जाजरकोट — करेन्ट लागेर जाजरकोटको नलगाड नगरपालिकामा एक महिलाको मृत्यु भएको छ। करेन्ट लागेर घाइते भएकी नलगाड नगरपालिका–१० की २३ वर्षीय रमिता ध्यारको मृत्यु भएकोे प्रहरीले जनाएको छ।

रुकुमपश्चिमको आठबीसकोट–९ राडी स्थित नगर अस्पतालमा उपचारका क्रममा आइतबार उनको मृत्यु भएको हो। शनिबार बेलुकी साढे ६ बजेतिर केरेन्ट लागेर घाइते भएकी रमितालाई उपचारका लागि तत्काल रुकुमपश्चिमको आठबीसकोट–९ राडीस्थित नगर अस्पतालमा पु¥याइएको थियो। आफन्तका अनुसार करेन्ट लागेर मृत्यु भएकी रमिताको पेटमा ९ महिनाको गर्भ रहेको थियो।

धोएका कपडा विजुलीको तारमा सुकाउन लाग्दा रमितालाई करेन्ट लागेको थियो । करेन्टबाट रमितालाई बचाउन पुगेकी २५ वर्षीय प्रमिला ध्यार र ६५ वर्षीय बेलु ध्यारलाई पनि करेन्ट लागेर घाइते भएका थिए।

मृतक रमितासँगै रुकुमपश्चिमको राडी स्थित नगर अस्पतालमा पु¥याइएका उनीहरूको अवस्था अहिले सामान्य रहेको छ।

चर्चामा

सम्बन्धित समाचार