मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाचार
  • शौचालय निस्किएका मुखिया मृत फेला

शौचालय निस्किएका मुखिया मृत फेला

  • शनिबार, असार १२, २०७८
शौचालय निस्किएका मुखिया मृत फेला

महोत्तरीको रामगोपालपुर नगरपालिका ५ स्थित एक जनाको शव फेला परेको छ। रामगोपालपुर नगरपालिका ५ स्थित ट्राफिक बिटदेखि पुर्व घर भएका ४० वर्षीय रामकिशुन मुखिया मृत फेला परेका हुन्। घरभन्दा केहि अगाडि पोखरीको छेउमा मुखियाको शव फेला परेको हो। शव पोष्टमार्टमको लागि जलेश्वर पठाइएको छ।

शुक्रबार राती खाना खाएर शौचालय जान्छु भनेर निस्केका मुखियाको शव शनिबार बिहान फेला परेको हो। रुखमा गम्छाले झुण्डिएको अवस्थामा उनको शव भेटिएपछि प्रहरीले आत्महत्याको आशंका गरेको छ। मजदुरी गरेर घर परिवार चलाइरहेका मृतक मुखिया दुई दिनपछि भारतको पंजाव जाने तयारीमा थिए।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले पोष्टमार्टम रिपोर्टपछि सत्यतथ्य थाहा हुने जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार