शनिबार, असार २०, २०८३
  • होमपेज
  • देश
  • सामाजीक बिभेदको छिनोफानो शिक्षित समाजले गर्छ!

सामाजीक बिभेदको छिनोफानो शिक्षित समाजले गर्छ!

  • शुक्रबार, असार ११, २०७८
सेयर गर्नुहोस् :
सामाजीक बिभेदको छिनोफानो शिक्षित समाजले गर्छ!

सुरेशकुमार पान्डे। पक्कै पनि समाजमा असमानताछ।बिभेद र थुप्रै बिसंगतिहरुछन।भर्खरै रुपा सुनारले पनि भोग्नु पय्रो,दलित भ एकै कारण कोठा भाडामा नमिल्ने बिध्यार्थिहरुले भोग्दै आएकाछन।कयौँ प्रेम पत्र लेखेकै आरोपमा पनि हत्या गरिएकोछ।कयौँ दलित भ एकै कारण अपमान र अपहेलित भएको देखि रहेकाछौँ।

यि घटनाहरु प्रतिनिधि मुलक मात्रहुँन यस्ता कयौँ घटनाहरु समाजमा घटिनै रहेकाछन।छुवाछुतको आयु कति लामुछ यो वास्तबमा शिक्षित समाजले तय गर्ने छयो नै सत्य कुराहो। अब शिक्षित भनेर कस्लाई भन्ने?पढे लेखेका बुद्धिजीवीहरु वा राज नेताहरु आखिर शिक्षित बर्गमा को पर्छ?यो प्रमुख बिषयहो।मेरो बिचारमा शिक्षित बिभिन्न खाले हुन्छन तर जातिय मुक्तिकालागि शिक्षित बर्ग भनेको बर्तमान समाजमा बिद्रोह गर्न सक्ने हिम्मत र क्षमता भएकाहरुनै शिक्षित हुनसक्छन।बुजुर्वा डिग्रि लिएका बुद्धिजीवी भनौदाहरुको डिग्रि बर्तमान संरचनाले दिएकोहो।
उस्ले त्यहि मनुवादी पाठ पढेको हुन्छ जो बुजुर्वाहरुले सिकाएका हुन्छन।त्यो बिध्या बाट छुवाछुतको अनत्य गर्ने आश गर्नु भनेको मुर्खता मात्रहो।राजनीतिक नेताहरुको कुरा गर्ने हो भने सबै राजनीतिक पार्टीहरुका जनबर्गिय संगठनहरु हुन्छन उनिहरुले सबै भन्दा पहिले आफ्नो पार्टीको भबिश्यलाई मुल्यङ्कन गरेर नीति निर्धारित गर्छन।त्यसकारणले हामिले उनिहरुबाट पनि छुवाछुत अन्मुलनको आश गर्नु हुँदैन।उनिहरु मध्य कयौँले भोटको राजनीति गर्ने भएकाले जता पनि साख्खै हुँने उनिहरुको ब्यबहार हुन्छ।
त्यसो भए अब कसरी हुन्छ त जातिय बिभेदको अनत्य?हामीले जति सक्छौँ जनतामा चेतनास्तर उठाएर छुवाछुतको अनत्य गर्नसक्छौँ।तर बिगतमा माओवादीहरुले जस्तो गरेर होईन उनिहरुले समाजभित्र अराजक फैलाएर जातिहरुलाई लडाउँने प्रयात्न गरे त्यो पद्धतिबाट न त छुवाछुतको अनत्य भयो न जातिए बिभेदनै खारेज भयो।भारतमा बाबा साहिब भिमराव अंबेडकर दलित बर्गका थिए उनि आफै सम्बिधान मसिविदाका जनमदाता हुन।तर आज पनि भारमा दलितहरु माथि हत्याचार भएका कयौँ घटनाहरु सुन्छौँ।जातिय समस्या फु गरेर सकिदैन त्यसको लागि कठोर शंघर्ष गर्नैपर्छ।
जातिय समस्या हाम्रो समाजको समस्याहो भन्नेकुरालाई बुझ्न जरुरीछ।हाम्रो समाज भित्र जुन संस्कार भरिएकोछ त्यो एउटा जातिमा मात्रहोईन देशमा भएका करिब एक सए पच्चिस छब्बिस जातिहरु मध्यका अधिकाँशमा थोरैधेरै यो बिभेदछ।
कयौँ दलित जनजातिहरु लाई क्षेत्रि बाहुनले गर्दा बिभेद भएको भनेर उक्साउँने गरिन्छ।हामिले मान्दछौँ दलितहरुलाई जस्तो बिभेदको जालमा क्षेत्री बाहुनलाई जेलिनु नपरेता पनि आँशिक रुपमा क्षेत्रि जैसी र उपाध्याहरु बिचमा पनि बिभेदछ।उपाध्याले जैसीले पकाएको खाँदैनन,जैसीले क्षेत्रिले पकाएको खाँदैनन्।यिनिहरु कस्को बिरुद्धमा लड्ने?कामिले दमाईले पकाएको खाँदैनन,यस्तै प्रकारले कामिले पकाएको भात मगरले खाँदैनन्।
यसरी यो जातिय समस्या भनेको एउटा जातिमा मात्र सिमित नरहेको कुरा प्रष्ट हुन्छ।जातिए बिभेदको अनत्य गर्नको लागि कसै एकजनाले आबेशमा आएर अन्तरजातिए बिबहा गर्दा बित्तिकै समाधान हुँदैन।बरु त्यो बिद्रोही गर्ने जोडिले आजीवन समाज सँग शंघर्ष गर्नुपर्दछ।उनिहरुले मात्रैहोईन उनिहरुको भाबि पिढिसमेतले समाज सँग शंघर्ष अथक गर्ने उर्जा लिनुपर्दछ।समाजलाई सचेत गरेर जातिय बिभेदलाई निर्नतर हटाउँन प्रयत्नसिल रहुनुपर्छ।
धेरै साथिहरुले अन्तरजातिय बिबहागरेर अहिले पनि आजको समाजमा निरन्तर शंघर्श गर्दै आउँनु भएकोछ।कयौँ अन्तरजातिय बिबहा असफल पनि भएकाछन।अहिले देशभित्र जातिय बिभेद गर्नेको बिरुद्धमा सम्बैधानिक लडाई लड्नसक्ने प्राबधानहरुछन।सहर बजारमा क्रमसै जातिय बिभेद कमहुँदै गएको पनिछ।तर गाउँ-घरमा अँझैपनि जातिय बिभेद ब्यापकछ।शिक्षित समाजले जस्लाई हामिले जातिय मुक्तिकालागि अगाडि बडेकाछन,बिद्रोहगरेकाछन उनिहरुले यसको बारेमा निरन्तर जनचेतनास्तर उठाएर मात्रै जातिय बिभेदको अनत्य गर्न सक्नेछौँ।आउँने दीनहरुमा जातिय बिभेदका समाचार बिस्तारै कम हुँदैजानेछन।आउँने जर्नेशनले यो जातिए बिभेदको पिडा भोग्नु पर्नेछैन।जातिय बिभेदबाट बच्न जस्ले जातिलाई परिवर्तन गर्नु भएकोछ यो नितान्त गलत कृयाकलापहो।जातिय बिभेदको अनत्य यो ब्यबहारले हुँदैन बरु आ-आफ्नो जातिमा गोरव गरेर आ-आफ्नो हक अधिकारको लागि सामाजिक राजनीतिकलडाई लडेर मात्र जातिय बिभेदबाट मुक्ति मिल्नेछ भन्ने मलाई लाग्छ।हामिले बर्गशंघर्ष बाटनै जातिय मुक्ति हुनसक्छ भन्नेकुरामा बिस्वास गर्छौँ।किन भने गरिब बाहुँन पनि पिडितछ र धनि सार्कि पनि शोषक छ भन्ने कुरामा हामि बिस्वसतछौँ।कुनै पनि ब्याक्तिले धनि बन्नको लागि शोषण गर्छ जस्तै कुनै बाहुँनले धनिबन्नको लागि शोषण नगरि धनमान बन्नसक्दैन।त्सैकारण एउटा गरिब बाहुन र दलितको समस्या एउटैहो।यहि बिचारलाई जनतामा फिजाएर हामिले जनतालाई सचेत गर्दै अराजक गतिबिधी बाट बचाएर बचेर बर्गशंघर्ष को माध्यायमबाट देशमा परिवर्तन ल्याउँन सक्नेछौँ भन्नेमलाई लाग्छ।कुनै पनि समस्याको हल समाज सँग भागेर होईन डटेर मात्र हुन्छ।त्यसैले हामि दलित हौँ यो समाजमा हाम्रो ईज्जत छैन भन्ने ठानेर धर्म जात परिवर्तन गर्नु भनेको गलत हो त्यसरी समस्या झनै बल्झिनछ।समस्यालाई सुल्झाउँन तमाम जातिहरुमा जातिय बिभेदको बारेमा छलफल चलाउँने र चेतनाको स्तर उठाउँन दलित समाजले लगातार प्रयात्न गर्नुपर्दछ।

चर्चामा

सम्बन्धित समाचार