मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • त्रिबेणी सहकारी संस्थाद्धारा कोरोनाबाट मृत्यु भएका सियर सदस्यका परिवारलाई सहयोग

त्रिबेणी सहकारी संस्थाद्धारा कोरोनाबाट मृत्यु भएका सियर सदस्यका परिवारलाई सहयोग

  • बिहिबार, असार १०, २०७८
त्रिबेणी सहकारी संस्थाद्धारा कोरोनाबाट मृत्यु भएका सियर सदस्यका परिवारलाई सहयोग

बाजुरा जिल्लाको सदरमुकाम मार्तणीमा रहेको त्रिबेणी बचत तथा ऋण सहकारी संस्थाद्धारा सहकारीमा आबद्ध कोरोना संक्रमणबाट मृत्यु भएका २ जना सियर सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ । सहकारीले यस अघि नै गरेको निणय बमोजिम सहकारीका सियर सदस्यको मृत्यु भएमा मृतकका परिवारलाई ३ हजारका दरले क्रियाखर्चबापत दिने निणर्य गरेको  सहकारी संस्था लिमिटेडका अध्यक्ष अशाेक रावलले बताए ।
बिश्व कोरोना महामारीमा परी कुनै सदस्यको मृत्यु भएमा १० हजार दिने दिने निणर्य बमोजीम बिहिबार दुई जना सियर सदस्यहरुको परिवारलाई १०/१० हजारका दरले चेक हस्तान्तरण गरेको रावले बताएका छन ।
कोरोनामा महामारीको दोस्रो भेरियन्ट नेपालमा आएसंगै बाजुरामा पनि १० जनाले जिल्लामा र ३ जनाले जिल्लाबाट रिफर भई अन्य जिल्लामा मृत्यु भएको छ । सोही बमोजिम कोरोनाको दोस्रो भेरियन्टमा परी त्रिबेणी बचत तथा ऋण सहकारी सस्थाका दुई जना सियर सदस्यले पनी ज्यान गुमाएकोमा सहकारीले दुख ब्यक्त गर्दै सहकारीको मरोप्रणन्त राहत कोषबाट दुबै जना मृतकका सदस्यलाई थोरै सहयोग पुगोस भनेर १० हजार दिएको संस्थाका ब्यबस्थापक दयाराम पण्डितले बताएका .छन । कोरोनाबाट मृत्यु भएकाका आफन्तलाई सहकारीकै कार्यालयमा बोलाएर चेक हस्तान्तरण गरेको सस्थाका ब्यबस्थापक  पण्डितले बताए । संस्थाले यस अघिदेखी सहकारीको कुनै सदस्यको मृत्यु भएमा मरोप्रणन्त राहत कोषबाट जनही ३ हजारका दरले क्रियाखर्चबात सहयोग गर्दै आएको सहकारी सस्थाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार