बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • डोजरे बिकासको परिणाम सदरमुकाम मार्तडीकाे बस्ति जोखिममा

डोजरे बिकासको परिणाम सदरमुकाम मार्तडीकाे बस्ति जोखिममा

उपप्रमुख बिष्टको घर उच्च जोखिममा

  • आइतवार, असार ६, २०७८
डोजरे बिकासको परिणाम सदरमुकाम मार्तडीकाे बस्ति जोखिममा

बाजुरा — डोजर प्रयोग गरेर सडक खन्दा बाजुरा सदरमुकाम मार्तडीकै बस्ति जोखिमा रहेका छन् । वाताबरणीय प्रभाब मुल्याकंन तथा योजना बिना बिकासका नाममा बस्ति लाई नै जोखिममा राखेर डोजरले सडक खन्दा बस्तिनै जोखिममा परेका छन् ।
बस्तिको बिचमा बिना स्टमेट मनोमानी तरिकाले डोजर लगाएर सडक खन्दा बस्ति पहिरोको जोखिममा रहेका स्थानियले बताएका छन । एक हप्ता देखी लगातारको बर्षाका कारण सडकको माथिबाट आएको पहिरोले बडिमालिका नगरपालिकाकी उपमेयर कबिता बिष्ट लगायत धेरैको घर जोखिममा परेको छ ।
घर माथिबाट शनिवार राति आएको पहिरो घर भित्र पसेको छ । नेपाली सेना नेपाल प्रहरी स्थानियले घर भित्रको सामान उद्धार गरेका छन् । त्यो क्षेत्रमा रहेको १५ परिवार भन्दा बढि घर पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
पहिरोले मार्तडी साना लजबिद्युनको नहर पुरिदा बिद्युत्त सेवा समेत बन्द भएको छ ।
थापाबाडा चैडील हुदै खुला मन्चको लागि खनिएको सडक बिना प्राबिधिक रुपमा गाउँको बिचमा खन्दा सडक माथि र तलका दर्जनौ बस्ति जोखिममा परेका छन् । बालमन्दिर आधारभुत बिद्यालय पनि पहिरोको जोखिममा रहेको छ ।
भिरालो जमिनमा मनोमानी तरिकाले डोजर मार्फत सडक खन्दा सकडको माथिबाट पहिरो आएपछि बस्ति जोखिममा परेको स्थानिय सन्तोष सिंहले बताएका छन् । त्यस्तै निर्मांणधिन नया बसपार्कमा पनि जोखिममा रहेको छ । बसपार्कको वालमा लगाएको तार जालीवाला वालले बसपार्कमा पुरेको माटोलाई थेग्न नसके पछि तारजाली वाल चर्कीर पल्टन थालेपछि निर्माणाधिन बसपार्क मूनीको बस्तिनै जोखिममा रहेको बडिमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले बताएका छन् । एघार लेयर सिंगल जालि पर्खाल हालेको छ भित्र पूरै माटो भरेपछि पल्टिन थालेको वडा अध्यक्ष थापाले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयको मुनीबाट डोजरले सडक खन्दा जिल्ला प्रहरी कार्यालयको भबनको पछाडी भत्किदा कार्यालय जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी धनदेब साउदले जानकारी दिएका छन् । डोजर सडक खन्दा मार्तडी बजारको छेउछाँउमा भाग पहिरोको जोखिममा रहेको छ । बाजुरामा जिल्ला सयौ गाउँ पहिरोको जोखिमा रहेका छन् ।
Aa

चर्चामा

सम्बन्धित समाचार