शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • स्वदेशकाे माया !

स्वदेशकाे माया !

  • आइतवार, असार ६, २०७८
स्वदेशकाे माया !

कमला बगाले पाल्पा

# रमाउँदैछु बन जङ्गल हरियाली ठाउँमा ।
खुसियाली मनाउदै छु आफ्नै देशमा साथि सङ्गिसँग गाउँमा ।।
कति रमाइलो लागि रहेकाे बन जङ्गलकाे साथमा ।
कुटाेकाेदालाे गरि बस्दैछु आफ्नै गाउँठाउँमा ।।

# कति?? रमाइलो सबै हरियाली छाएको ।
बर्खामास लाग्याे दिनदिनै यहाँ पानी परिरहेको ।।
बर्खेभेलकाे पानीमा रमाउँदै उकालि ओरालि गर्दै ।
बिति रहेका छन हाम्रा दिनहरु बनपाखामा घाँस दाउरा गर्दै ।।

# गाउँघरमा काेभिड १९ काेराेना भाइरसकाे त्रास त्रास नै छ ।
यहाँ त हामीलाई बाढिपहिराे आइ लैजान्छ कि डरले सताएको छ ।।
सबैले भन्दछन गाउँले जीवन सुखमय जीवन हाे ।
यसैले त अब आफ्नै देशमा बाझाेबारि खनेर बस्ने हाे ।।

# हामी आफ्नै बाझाे बारिमा सुन फलाउन सक्ने शाहष छ हामिमा ।
रगत पसिना बगाउन किन जानू पर्‍यो ? दाजुभाइ विदेशी भुमिमा ।।
आउ सबै देश फर्कि मिलिजुली काम गराै यही हाम्रो बाझाेबारिमा ।
रगत र पसिना बगाइ सुन फलाउँ आफ्नै देशकाे माटोमा ।।

यस कवितालाई रिपिटर र परिमार्जन गरि कपि गरिएको छ , जसले संसारभरि एक पेट र एक छाककाे निमित्त आफुलाई आफ्नो देश छाेडेर अर्काकाे देशमा गुलामी बनी रहनु परेकाे छ तिनै श्रमजीवी नागरिक दाजुभाइ दिदीबहिनीहरुलाई याे कविताले देश फर्कने प्राेतसाहन गर्ने छ ।

रिपोर्टर: जनक बिसि भारत ।

चर्चामा

सम्बन्धित समाचार