शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • १९ घन्टा देखि टापुमा फसेका ब्यक्तिको सशस्त्र प्रहरीद्वारा उद्दार

१९ घन्टा देखि टापुमा फसेका ब्यक्तिको सशस्त्र प्रहरीद्वारा उद्दार

  • बुधबार, असार २, २०७८
१९ घन्टा देखि टापुमा फसेका ब्यक्तिको सशस्त्र प्रहरीद्वारा उद्दार

बिगत १९ घन्टा देखि दाङस्थित राप्ति नदि बिचको टापुमा फसेका ४ जना ब्यक्तिको सशस्त्र प्रहरि बलले बुधबार बिहान उद्दार गरेको छ ।
जिल्लाको लमहि नगरपालिका वार्ड नं. ७ हसनापुर र राजपुर गाउंपालिका वार्ड नं. २ बेला स्थित राप्ति नदिको बिच टापुमा हिंजो दिउंसो २ बजे बाट फसेका हरुको उद्दार गरिएको हो ।

टापुको दुबै तिर राप्तिको नदि बग्ने र बिचमा रहेको टापुमा दिउंसो बस्तु चराउन पुगेका उनिहरु अबिरल बर्षा संगै राप्तिमा बाढि आए पछि करिब ५० वटा गाइ बस्तु संगै अलपत्र परेका थिए। उद्दार गरिएका ब्यक्तिहरु लमहि ७ बस्ने बर्ष ४८ को मन्सराम चौधरि , राजपुर २ बस्ने बर्ष ५० कि साबित्री यादब , सोहि ठाउं बस्ने बर्ष २६ को राधेश्याम यादब र राजपुर ३ बस्ने बर्ष २५ को गणेश यादब रहेका छन् ।

राति ९ बजे उनिहरु फसेको जानकारि आएपनि रातको समयमा पानीको अत्यधिक बहाबका कारण उद्दारमा कठिनाइ भएको थियो । आज बिहानै सशस्त्र प्रहरि बल नम्बर २९ ज्वालामाइ गण बाट सशस्त्र प्रहरि उपरिक्षक टोप बहादुर खनाल र नम्बर ४१ रिजर्ब गण चन्द्रौटा कपिलबस्तु बाट सशस्त्र प्रहरि उपरीक्षक यादब बिश्वकर्माकोको कमान्डमा गएको बिपद ब्यबस्थापन सहितको टोलिले ९ बजे चारै जनाको उद्दार गरि घर पठाएको हो ।उनिहरुले चराउन लिएर गएका गाइबस्तु चाहिं सोहि टापुमा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार