शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सडकमा बिकासका कुर र सदनमा कुटामार हुन्छ,

सडकमा बिकासका कुर र सदनमा कुटामार हुन्छ,

  • बुधबार, असार २, २०७८
सडकमा बिकासका कुर र सदनमा कुटामार हुन्छ,

सडकमा बिकासका कुर र सदनमा कुटामार हुन्छ,
नगर्छन बिकास गर्न खोज्नेको पनि छेकवार हुन्छ।

समाबेसि र समाजवादका कुरा गर्छन यिनिहरु ले,
देशभरी दलित र महिलाहरुमाथि अत्याचार हुन्छ।

रातो बेनर लगाएर घन्टौ क्रान्तिका भाषनगरे पनि,
ठिक बिपरीत सदैभरी यिनिहरुको ब्यबहार हुन्छ।

राष्ट्रीयता जनतन्त्र र जनजीवीका लागि भोट मागे,
उनै मध्यका धेरैजसो राष्ट्रघाती र जन गद्धार हुन्छ।

जति शंघर्ष गरे पनि जनताको सरकार न आए सी,
ति महान शहिदले बगाएको रगत पनि बेकार हुन्छ।

जस्का बिरुद्धमा लड्न जनता सँग मत लिन्छ नेता,
जीते पछि उनै दुश्मन सरकारका साख्खै यार हुन्छ।

जनतालाई त भेडा बाख्रा सम्झिन्छन नेताहरुले सदै,
सत्तामा पुग्नलाई जनता स्वार्थ पुर्तिको आधार हुन्छ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार