मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कयौँ शन्तान देश बिहिन भएको देख्दा,

कयौँ शन्तान देश बिहिन भएको देख्दा,

  • सोमवार, जेष्ठ ३१, २०७८
कयौँ शन्तान देश बिहिन भएको देख्दा,

कयौँ शन्तान देश बिहिन भएको देख्दा,
बिदेशी साशककै अधिन भएको देख्दा।

दुःख लाग्छ आशु आउँछ आखा बाट नी,
बञ्जर यो पुर्खाको जमिन भएको देख्दा।

सरकार पनि उस्तैछ छैन सरोकार देशको,
बिदेशको दलाल यो एकिन भएको देख्दा।

यँहा त रुढीवादले बाधा पुरायो बिकास मा
संसार नाप्नलाई त्यो दुरबिन भएको देख्दा।

खुसि त लाग्थ्यो हामि परदेशीहरुलाई पनी,
स्वभिमानी नेताहरु एकछिन भएको देख्दा।

दुःख लाग्छ काम खोज्न सदै अर्काको देश,
देश अतिक्रमण प्रत्येक दिन भएको देख्दा।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार