मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बडिमालिका
  • साफेँ मार्तडी र मार्तडी कोल्टी लगायतका सबै सडक अबरुद्ध

साफेँ मार्तडी र मार्तडी कोल्टी लगायतका सबै सडक अबरुद्ध

  • सोमवार, जेष्ठ ३१, २०७८
साफेँ मार्तडी र मार्तडी कोल्टी लगायतका सबै सडक अबरुद्ध

बाजुरा — बाजुरा जिल्लाको सदरमुकामबाट बाहीर जाने सबै सडकहरु अबरुद्ध भएका छन । सधैका बर्षहरु जस्तै यो बर्ष पनि बर्षाको सुरुवातमै सबै सडक अबरुद्ध बनेका हुन । जिल्लाको मुख्य राजमार्ग साफेँ मार्तडी सडक र मार्तडी कोल्टी सडक समेत अबरोध भएका छन भने अन्य ग्रामिण सडकहरु समेत अबरोध भएका छन । यस बर्ष मनसुन छिटै सक्रिय भएकोले असार सूरु नहुदै सबै सडकहरु अबरोध भएको बिभिन्न ठाउँबाट जानकारी प्राप्त भएको छ ।

मार्तडी कोल्टी सडक शनिबारबाटै अबरोध भएको थियो भने साेमबार राती देखी परेको अरिल बर्षाका कारण साफेँ मार्तडी सडकखण्ड पनि अबरोध भएको प्रहरीले जनाएको छ । जिल्लाको बुढिगंगा नगरपालिकाको अम्कोटमा नियमित पहिरो बग्ने र बर्षाका कारण झन बढि पहिरो आउने भएका कारण साफेँ मार्तडी सडक समेत अबरोध भएको जनाएको छ । साेमबार रातीको अत्याधिक बर्षाका कारण मार्तडी भन्दा बाहिरका सडक अबरुद्ध भएका छन । पहिरोका कारण सडक अबरुद्ध हुदा आवत जावतमा समेत समस्या भएको छ ।
यो बर्ष पनि बर्षाको समयमा मार्तडी देखी तलतिरको सडक पहिरोका कारण छेदबिछेद हुदै गए धनगढी लगायतका ठाउँबाट दैनिक उपभोग्यका साम्रगी ढुवानीमा समेत समस्या हुने देखीएको छ । ठाउँ ठाउँमा पहिरोका कारण सदरमुकाम मार्तडी सम्मको सम्बन्ध समेत टुटेको छ । कामका लागि सदरमुकाम आउनेहरुका लागि पनि यात्रा सकसपुणर् रहेको स्थानीयले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार