मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • बाजुरामा पछिल्लो २४ घण्टामा ७ जना संक्रमित थपिए, संक्रमितको सख्या ७९० पुग्यो

बाजुरामा पछिल्लो २४ घण्टामा ७ जना संक्रमित थपिए, संक्रमितको सख्या ७९० पुग्यो

  • आइतवार, जेष्ठ ३०, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा ७ जना संक्रमित थपिए, संक्रमितको सख्या ७९० पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ७ सय ९० पुगेको छ । आज ६९ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा ७ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
आज बाजुरामा निको भएर घर फर्किएको तथ्याङक ९ रहेको छ । बाजुरामा हिजो सम्म निको हुनेको सख्या ४ सय ८९ पुगेको छ । जिल्लामा पछिल्लो एक हप्तामा संक्रमित हुनेको सख्या भन्दा निको हुनेको सख्या बड्दै गएको तथ्याङक रहेकोे छ । हाल सम्म २ सय ९३ जना सक्रिय संक्रिमीत रहेका छन । हालसम्म होम आइसोलेशनमा रहेका संक्रमितको संख्या २८० रहेको छ ।आइसोलेशनमा रहेका संक्रमितको सख्या २३ पुगको छ ।
हाल सम्म २ हजार ४ सय ९ जनाको कोरोना परिक्षण गर्दा ७ सय ९० जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।हाल सम्म कोरोना संक्रमण निको भएर जानेको संख्या ४८९ रहेको छ । साथै हालसम्म जिल्लामा १० जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । यस जिल्लाबाट रिफर गरी बाहिर जिल्लामा ३ जनाको मृत्यु भएको छ । यो संगै जिल्लामा मृतकको सख्या १३ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार