बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सत्ताको लागि जनता सँग गद्धारी गरेकैछन,

सत्ताको लागि जनता सँग गद्धारी गरेकैछन,

  • बिहिबार, जेष्ठ २७, २०७८
सत्ताको लागि जनता सँग गद्धारी गरेकैछन,

सत्ताको लागि जनता सँग गद्धारी गरेकैछन,
कयौँ नेता ले गठजोड सिमा पारी गरेकैछन।

देशलाई फिजिको बाटो सिक्किममा पुराउँन,
नागरिकता अध्यादेश समेत जारी गरेकैछन।

आफ्ना शन्तानलाई बिदेशीको गुलाम बनाई,
बिदेशीले देशको संसद भर्ने तैयारी गरेकैछन।

सरकारकै मिलि भगतमा बढ्यो खेल बिदेशि,
त्यसैले त अतिक्रमण सिमाना वारी गरेकैछन।

देशलाई सक्किम बनाउँने त पुरानै योजनाहो,
योजना पुरा भाई भाई मैदानमै नारी गरेकैछन।

उनिहरुले केहि बाँकि राखेन जल जङ्ल सोरे,
अतिक्रमण जङ्गे पिलर समेत सारी गरेकाछन।

लाग्छ यो देशका नेता दलालि गर्ने होडछ ठुलो,
बिदेशी भित्राउँन देशको मयाँनै मारी गरेकाछन।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार