शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • फोहोर बोक्ने टिफरमा कोरोनाले मृत्यु भएकाको शव बोक्दै

फोहोर बोक्ने टिफरमा कोरोनाले मृत्यु भएकाको शव बोक्दै

  • बिहिबार, जेष्ठ २७, २०७८
फोहोर बोक्ने टिफरमा कोरोनाले मृत्यु भएकाको शव बोक्दै

बाजुरा–बाजुरामा शव बाहन नहुदा कोरोना बाट मृत्यु भएकालाई फोहोर बोक्ने टिफरमा शब बोकेर लग्ने गरेका छन् । जिल्लाभरी शववाहन नहुँदा बडिमालिका नगरपालिकाको फोहोर बोक्ने टिफरले शव बोक्ने गरेको छ ।
बाजुरामा कोरोका कारणले १० जनाको मृत्यु भइसकेको छ । शववाहन नहुदा फोहोर बोक्ने टिफरले शव बोकिरहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । शववाहन नहुदा बाध्य भएर फोहोर बोक्ने गाडिमा कोरोना संक्रमितको शव बोक्ने गरेको अस्पातल बाजुराका निमित्त प्रमुख प्रकाश जोशीले वताएका छन् । अरु गाडिले बोक्न नमान्ने बाध्य भएर टिफरले शव बोक्ने गरेको उनले थपे ।
अस्पताल बाजुराले २ बर्ष सम्म पनि शव वाहन खरिद नगरेकाले फोहोर बोक्ने टिफरमा लाश बोक्नु परेको बडिमालिका नगरपालिकाले जनाएको छ । नगरपालिकामा फोहोर बोक्ने टिफर नभएको भएर झन शव बोक्नमा समस्या हुुने थियो नगरप्रमुख पदम बडुवालले वताएका छन् ।
जिल्ला अस्पताल बाजुराले आर्थिक बर्ष ०७६।०७७ मा शव वाहन खरिदका लागि आएको रकम खरिद गर्न नसकेर फिर्ता गएको थियो । यो आर्थिक बर्षमा साउनमै शव वाहन र एम्बुलेन्स खरिदका लागि १५ लाखका दरले प्रदेश सरकारले पैसा पठाएको भएपनि अहिले सम्म खरिद गर्न सकेको छैन् । जिल्ला अस्पताल बाजुरा तथा सदरमुकाम मार्तडी शव वाहन र एम्बुलेन्स नहुँदा कोरोनाका बिरामी समस्या भोग्नु परेको छ ।
जिल्ला अस्पताल बाजुराका निमित्त कार्यलय प्रमुख डा. प्रकाश जोशीले भन्छन् शव वाहन नहुदा निकै समस्या भएको वताए । अस्पतालमा गएको आर्थिक बर्ष एम्बुलेन्स र शव वाहान खरिदका लागि बजेट आएको थियो । त्यो बर्ष खरिद गर्न नसकेर रकम फिर्ता भएको जोशीले वताए । यो बर्ष पनि एम्बुलेन्स र शव वाहान खरिदका लागि बजेट आएको छ, बल्ल खरिद गर्ने प्रक्रियामा पुुगेको अस्पताल बाजुराका प्रमुख डा. जोशीले वताए ।
एम्बुलेन्स र शववाहान खरिदका लागि १५ लाखका दरले बजेट आएको जोशीले वताए । अहिले प्रक्रियामा गएको छौ एकदुुई महिना लाग्ने उनले वताए । खरिदका लागि सम्झौता समेत भइसहेको उनले वताएका छन् । पहिला प्रक्रियामा गएको भए चाडै जिल्ला अस्पतालमा शव वाहन र एम्बुलेन्स आइसक्ने थियो, अहिले प्रक्रियामा जादा अझै समय लाग्ने जोशीले वताए ।
जिल्ला अस्पतालमा एम्बुलेन्स र शववाहनको लागि बजेट आएर पनि खरिद नहुनुले बिरामीले निकै सास्ति भोग्नु परेको छ । आएको बजेट पनि कार्यन्वयन गर्न नसक्ने अस्पताल प्रति स्थानिय प्रश्न खडा गरेका छन् । एम्बुलेन्स नहुँदा अझ कोरोनाका बिरामीले गाडि नहुदा निकै सास्ति भोग्नु परेको छ । कोरोना बाट मृतकका आफन्तले भन्छन्, मरेको लाश पनि फोहोर बोक्ने गाडिमा लिनुपर्दा आफुहरुलाई निकै पिडा बोध हुने गरेको बताउँछन् ।
कोरोना संक्रमतिले घर बाट जिल्ला अस्पतालमा उपचारका लागि जान र तथा अस्पतालले थप उपचारका लागि जिल्ला बाहिर लिन खोजेपनि एम्बुलेन्स नहुदा गाडि नपाउने गरेका छन् । अन्य बिरामीलाई त प्राभइभेट जिवहरुले बोक्ने गरेको छ, कोरोना बिरामीका लागि भने गाडि नपाईने गरेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार