शुक्रबार, असार ४, २०७८
  • होमपेज
  • समाचार
  • जिप दुर्घटना हुँदा एकको मृत्यु

जिप दुर्घटना हुँदा एकको मृत्यु

  • बिहिबार, जेष्ठ २७, २०७८
जिप दुर्घटना हुँदा एकको मृत्यु

 अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज बिहान भूमिकास्थान नगरपालिका ९ तारिकेमा लु १ च ६१६८ नम्बरको जिप दुर्घटना हुँदा जीपका चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

ढिकुराबाट डिभर्नातर्फ जाँदै गरेको जीप सडकबाट करिब ५० मिटर तल खसेको र दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिपमा चालक मात्र सवार थिए ।

चर्चामा

सम्बन्धित समाचार