बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • लकडाउनको वेवास्ता गर्दै संस्थानको चामल किन्न स्थानियको भिड

लकडाउनको वेवास्ता गर्दै संस्थानको चामल किन्न स्थानियको भिड

  • मङ्लबार, जेष्ठ २५, २०७८
लकडाउनको वेवास्ता गर्दै संस्थानको चामल किन्न स्थानियको भिड

बाजुरा — लकडाउनको वेवास्ता गर्दै खाद्य संस्थान बाजुरा शाखामा चामल किन्नेको निकै भिड लाग्ने गरेको छ । नेपाल सरकारले लडकउानलाई मध्यनजर गरेर खाद्य संस्थानको चामल बिक्रिमा २० प्रतिशत छुट गरेपछि संस्थानमा निकै भिड लाग्ने गरेको छ ।
कोरोनाको कहर बाट बच्नका लागि सामाजिक दुरी कायम गर्नुपर्ने भएपनि सदरमुकाम मार्तडीमा रहेको खाद्य संस्थानको डिपोमा चामल किन्नेको भिडभाड हुने गरेको छ । संस्थानले प्रहरीको सुरक्षामा सामाजिक दुरि कायम गरेर चामल बिक्रि गर्ने वताएको भएपनि त्यसको वेवास्ता गरेर भिडभाडमा चामल बिक्रि गरिरहेको छ । खाद्य संस्थानमा चामल किन्नेको निकै भिडभाड भएपछि कोरोना सर्ने उच्च जोखिम बढेको छ ।
खाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेघराज ओझाले भने सामाजिक दुरी कायम गर्न आग्रह गरेका छौ, धेरैको संख्यामा चामल किन्ने आउने भएकाले ब्यबस्थापन गर्न निकै समस्या भएको वताए । प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले भने चामल बिक्रिमा ब्यबस्थापनका लागि खाद्य संस्थानलाइ भनेको छौ, भिडभाड धेरै गर्न नलगाउने भनेको वताएका छन् । भिडभाड ब्यबस्थित गर्न प्रहरी परिचालन गरेको अधिकारीले वताए ।
बिहान ७ बजे देखी ९ बजे सम्म चामल बिक्रि गर्न गरेको संस्थानमा दैनिक ३ सय भन्दा बढि चालम किन्न आउने गरेका छन् । सरकारले सहुलियतमा चामल बिक्री गरेको भएपनि कोरोनाको जोखिम भने निकै रहेको स्थानियले वताएका छन् । चामल किन्न डिपो पुुगेकी भानसरा बिकले भनिन्, हामीलाई रोग भन्दा पनि भोगको चिन्ता भएको वताईन् ।
सरकारले देशभर खाद्य संस्थानको डिपो बाट लकडाउनलाई मध्य नजर गर्दै जेठ २३ गते बाट चामल बिक्रि मुल्यमा २० प्रतिशत छुुट गरेको थियो । खाद्य संस्थान बाजुरा शाखा, कोल्टि शाखा र कवाडि बिक्रि केन्द्रमा २३ गते बाट २० प्रतिशत छुुटमा चामल बिक्रि शुरु गरेको खाद्य संस्थान बाजुरा शााखका प्रमुख मेघराज ओझाले वताएका छन् । चामल किन्न स्थानिय धेरै आउछन्, ब्यबस्थापन गर्न धौ धौ भएको स्वीकार गरेका छन्, यस्तो भिडभाडले कोरोनाको जोखिम उच्च हुने उनले वताए ।
सरकारले चामलमा छुुटे दिएपछि बाजुरामा रहेका संस्थान डिपोमा चामल किन्नेको निकै घुुइँचो लागेको छ । मोटो चामल प्रतिकेजी ४५ रुपैयामा बिक्रि गर्ने संस्थानले अहिले प्रति केजी ३६ मा बाजुरामा बिक्रि भइरहेको संस्थान शाखा प्रमुख ओझाले वताए । नागरिकलाई नागरिकताका आधारले ३० केजीको १ कट्टा चामल बिक्रि गर्ने गरेको संस्थानले वताएको छ ।
खाद्य संस्थानले अहिले ३६ रुपैया प्रतिकेजी बिक्रि गर्ने चामल सदरमुकाम मार्तडीमा प्रतिकेजी ५० रुपैया, कोल्टिमा प्रतिकेजी ५५ र कवाडि डिपोमा प्रतिकेजी ६० भन्दा बढि मुल्यमा बिक्रि भइरहेको छ । तर संस्थानको चामल भने प्रतिकेजी ३६ रुपैया बिक्रि त गरिरहेको छ, संस्थानमा चामलको कोटा प्रयाप्त थप गर्नुपर्ने नागरिकले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार