बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिल्ला बन कार्यालयमा आफै आइपुग्यो जंगली जनवार घोरेल

जिल्ला बन कार्यालयमा आफै आइपुग्यो जंगली जनवार घोरेल

  • मङ्लबार, जेष्ठ २५, २०७८
जिल्ला बन कार्यालयमा आफै आइपुग्यो जंगली जनवार घोरेल

बाजुरा — जिल्ला बन डिभिजन कार्यालय बाजुरामा जंगली मृग घोरेल आफै आएको छ । घोरेलको सानो बच्चा कताबाट हराएर जिल्ला बन डिभिजन कार्यालयकै छेउमा आएर कराएको र हेर्दा घोरेलको बच्चा रहेको जिल्ला बन डिभिजन कार्यालय बाजुराका सुचना अधिकारी राजन कुवरले बताएका छन ।
सो मृग सानो भएकोले घासँ नखाने र दुध मात्रै खाने गरेको सुचना अधिकारी कुवरले बताए । यो अहिले जंगलमा छोड्दा हराउने र मर्ने हुन्छ त्यसैले यसले अहिले दुध मात्रै खाने भएकोले जिल्ला बन डिभिजन कार्यालयमै संरक्षण गरिने बताएका छन । यस बच्चाले घाँस खाने भइसकेपछि जंगलमा लगेर छोडिने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार