
खालि दिमाख त सैतानको घर हुन्छ,
भन्छन काम गर्नेको मात्र कदर हुन्छ।
त्यसैले म कलिलैमा लाहुरे भएकोहुँ,
बिनाकाम एक आना लिँदा डर हुन्छ।
आमा हजूरले जस्तै दुःख गर्छु म पनि,
मलाई सदै यिनै दुई हातको भर हुन्छ।
था छ मलाई नि ठोकरले दियो शिक्षा,
गरिबको पौरखले जगमग सहर हुन्छ।
हो यँहा मान्छे होईन काम मात्र प्यारो,
रगत र पसिना ले सिँचेको नगर हुन्छ।
सुरेशकुमार पान्डे।


