शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • कला /साहित्य
  • खालि दिमाख त सैतानको घर हुन्छ,

खालि दिमाख त सैतानको घर हुन्छ,

  • आइतवार, जेष्ठ २३, २०७८
सेयर गर्नुहोस् :
खालि दिमाख त सैतानको घर हुन्छ,

खालि दिमाख त सैतानको घर हुन्छ,
भन्छन काम गर्नेको मात्र कदर हुन्छ।

त्यसैले म कलिलैमा लाहुरे भएकोहुँ,
बिनाकाम एक आना लिँदा डर हुन्छ।

आमा हजूरले जस्तै दुःख गर्छु म पनि,
मलाई सदै यिनै दुई हातको भर हुन्छ।

था छ मलाई नि ठोकरले दियो शिक्षा,
गरिबको पौरखले जगमग सहर हुन्छ।

हो यँहा मान्छे होईन काम मात्र प्यारो,
रगत र पसिना ले सिँचेको नगर हुन्छ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार