शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणीमा आधुनिक फलामे टनेलको नगर प्रमुख रावल द्धारा अनुगमन

त्रिवेणीमा आधुनिक फलामे टनेलको नगर प्रमुख रावल द्धारा अनुगमन

  • शनिबार, जेष्ठ २२, २०७८
त्रिवेणीमा आधुनिक फलामे टनेलको नगर प्रमुख रावल द्धारा अनुगमन

चक्र बहादुर अयडी– त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिंह रावलले आधुनिक फलामे टनेलको अनुगमन गरिएको छ । कृर्षि ज्ञानकेन्द्र बाजुराको आर्थिक सहयोगमा र त्रिवेणी नगरपालिका कृर्षि शाखाको समन्वयमा निर्माण गरिएका त्रिवेणी नगरपालिकामा रहेका सात जना व्यवसायिक कृर्षकहरुले निमार्ण गरिएका फलामे टनेलको शुक्रवार अनुगमन गरिएको छ ।
निर्माण गरिएका टनेलहरुमा वेमौषमी लगाएतका तरकारी र विउविजन उत्पादन गर्न सकिने त्रिवेणी कृषि शाखा प्रमुख मान बहादुर रावले बताए । सो टनेलबाट तरकारी उत्पादन गरि कृर्षकहरुलाई आत्मनिर्भर बनाउन सकिने विश्वास गरिएको छ । पछिल्लो समय त्रिवेणी नगरपालिकाले व्यवसयिकरुपमा लागेका कृर्षकहरुलाई सहयोग गर्दै आएको छ । कोरोनाका कारण बैदेशिक रोजगारि गुमायर स्वदेश फर्किएका वेरोजगार युवाहरुलाई नगरपालिकाबाट विभिन्नि किसिमका स्वरोजगारका कार्यक्रम ल्याई स्वदेशमै आत्मनिर्भर बनाउने बाटो तिर लागेको नगर प्रमुख रावलको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार