शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाचार
  • अस्पतालले घर पठाएका कोरोना संक्रमितको बाटैमा मृत्यु

अस्पतालले घर पठाएका कोरोना संक्रमितको बाटैमा मृत्यु

  • शुक्रबार, जेष्ठ २१, २०७८
अस्पतालले घर पठाएका कोरोना संक्रमितको बाटैमा मृत्यु

ओखलढुंगा — अस्पतालले घर पठाएका एक कोरोना संक्रमितको बाटैमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ६ दिनदेखि सामुदायिक अस्पताल सोब्रुमा उपचाररत सिद्धिचरण नगरपालिका -३ का ७२ वर्षीय एक महिलाको अस्पतालबाट घर फर्किँदा बाटैमा मृत्यु भएको हो ।

स्वास्थ्य समस्या देखिएपछि यही जेठ ११ गते ओखलढुंगा सामुदायिक अस्पतालमा भर्ना भएकी ती महिलामा जेठ १४ गते एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमित महिलाका परिवारले घरैमा लगेर आइसोलेसनमा राख्ने बताएपछि अस्पतालले डिस्चार्ज गराएको थियो । अस्पतालबाट घर नपुग्दै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।

महिलाको शव व्यवस्थापनका लागि नेपाली सेनाले सहयोग गर्ने भएको छ । जिल्लामा यससहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार