शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाचार
  • सदरमुकाम चैन्पुरमा एटिएम मेसिनले काम नगर्दा सेवाग्राही मर्कामा

सदरमुकाम चैन्पुरमा एटिएम मेसिनले काम नगर्दा सेवाग्राही मर्कामा

  • बिहिबार, जेष्ठ २०, २०७८
सदरमुकाम चैन्पुरमा एटिएम मेसिनले काम नगर्दा सेवाग्राही मर्कामा

अर्थ जङ्ग शाही/बझाङ्ग– अटोमेटिक टेलर मेसिन नै एटिएम हो । एटिएमलाई अन्तराष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । यस कार्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ । विकसित मुलुकहरुमा यसको प्रयोग बढ्दो रुपमा भएको छ भने नेपालमा सिमित मात्रामा भएको पाईन्छ । एटिएमबाट आफुले बैंकमा जम्मा गरेको रकम चाहेको समयमा छिटो तरिकाले झिक्न सकिन्छ ।

कोरोना महामारीको समयमा बैकिङ्ग प्रणालीको सुबिधा बाट बन्चित हुदाँ, बैकल्पिक माध्यमको रुपमा एटिम मेसिनलाई लिने गरिन्छ। तर पछिलो समयमा सदरमुकाम चैन्पुरमा रहेका दर्जनौ बैकका एटिएम मेसिनले काम नगर्दा दिनहु ग्रामीण भेग बाट आएका उपभोक्ताहरुले सास्ती भोग्नु परेको छ।

अहिले यो कोरोनाको समयमा बैकहरु बन्द भएता पनि एटिएम सुबिधा पाउनु पर्ने ठाउँमा उल्टै एटिएमले धोका दिएको स्थानियबासी रुपक खड्काले बताएका छन्।
२४ धण्टा सुचारु हुने एटिएम यति बेला सदरमुकाम चैन्पुरमा साँझ ७ बजे नै बन्द हुने भएकाले स्थानियहरुले त्यस बाट कुनै टेवा नपुगेको बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार