शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाचार
  • खेतमा बिछ्याइएको नाङ्गो तारमा करेन्ट लागेर महिलाको मृत्यु

खेतमा बिछ्याइएको नाङ्गो तारमा करेन्ट लागेर महिलाको मृत्यु

  • बिहिबार, जेष्ठ २०, २०७८
खेतमा बिछ्याइएको नाङ्गो तारमा करेन्ट लागेर महिलाको मृत्यु

डाक्नेश्वरी नगरपालिकामा बिहीबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।

खेतमा तरकारी टिप्न गएकी डाक्नेश्वरी नगरपालिका–३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको मृत्यु भएको साबिक तरही गाविसका पूर्वअध्यक्ष शोभानन्द रायले जानकारी दिए ।

स्याल, सुङ्गुरबाट सुरक्षाका लागि खेतमा बिछ्याइएको नाङ्गो तारमा करेन्ट लागेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

घटनास्थलमै महिलाको मृत्यु भएको र प्रहरीलाई खबर गरिएको मृतकका श्रीमान् रामवृक्ष रायले बताए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार