• होमपेज
  • समाचार
  • हेलिकोप्टरकाे दुर्घटनामा पाँच जना प्रहरीको मृत्यु

हेलिकोप्टरकाे दुर्घटनामा पाँच जना प्रहरीको मृत्यु

  • सोमवार, जेष्ठ १७, २०७८
हेलिकोप्टरकाे दुर्घटनामा पाँच जना प्रहरीको मृत्यु

कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ।

सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो। आइतबार सो हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको ज्यान गएको पनि कोलम्बियाका राष्ट्रपति इभान डुकले जानकारी दिएका छन्।

उनले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा जानकारी दिएका छन्। उक्त विज्ञप्तिमा उनले कोलम्बियाको प्रहरी सेवामा रहेका पाँच जना अधिकृतिको ज्यान गुमाउनु परेकोमा निकै दुःख लागेको बताएका छन्। ग्रामीण क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेको र त्यसमा सवार रहेका कोलम्बियाली प्रहरी सेवाका पाँच अधिकारीलाई गुमााउनु परेको छ भनिएको छ।

ती प्रहरीहरु यहाँको लागू औषधसम्बन्धी विभागमा कार्यरत प्रहरी अधिकारी रहेको बताइएको छ। ग्रामीण क्षेत्रमा दुर्घटनामा परेको सो हेलिकोप्टरको दुर्घटनाको कारणका बारेमा अनुसन्धान जारी नै रहेको कोलिम्बियाली प्रहरी सेवाका प्रवक्ताले जानकारी दिएका छन्।

चर्चामा

सम्बन्धित समाचार