शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गणतन्त्र आयो हजारौँको काल भएपछि,

गणतन्त्र आयो हजारौँको काल भएपछि,

  • शनिबार, जेष्ठ १५, २०७८
गणतन्त्र आयो हजारौँको काल भएपछि,

गणतन्त्र आयो हजारौँको काल भएपछि,
युवाहरुको छाति बन्दु को ढाल भएपछि।

नयाँ सम्बिधान बनाए जन प्रतिनिधिहरुले,
सात दशक आन्दोलनको उछाल भएपछि।

हो आउन त पाएन शान्ति सुब्यबस्था यँहा,
संघिय साशनमा सदैभरी भबाल भएपछि।

कसरी बुझुन हम्बिधानको मर्मलाई यिन्ले,
धेरै जसो नेता बिदेशका दलाल भएपछि।

आउनै सक्दैन समानता,समाजवाद यँहा,
जातियबिभेदको अग्लो प्रखाल भएपछि।

नेताहरुले असमान सन्धि सम्झौता गर्दा,
देश परनिर्भर हुँन गयो कङ्गाल भएपछि।

गणतन्त्र सार्थक कसरि हुँथ्यो देश भित्र,
जनआन्दोलनहरु प्रतेक साल भएपछि।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार