सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाज
  • १४ बर्षिया बुढथापाले जन्मदिनको अबसरमा अनाथालयमा सहयोग

१४ बर्षिया बुढथापाले जन्मदिनको अबसरमा अनाथालयमा सहयोग

  • सोमवार, जेष्ठ १०, २०७८
१४ बर्षिया बुढथापाले जन्मदिनको अबसरमा अनाथालयमा सहयोग

बाजुरा — जिल्लाको बुढिगंगा नगरपालिका २ ताप्रिसेराका १४ बर्षिया बिबेक बुढथापाले आफ्नो जन्मदिनको अबसरमा अनाथालयमा सहयोग गरेर मनाएका छन । उनले सामान्य रुपमा घरमै मनाउने जन्मउत्सवमा धरै भड्किलो नबनाएर अनाथ बालबालिकाको सहयोगका लागि करिव ३ हजार ७ बराबरको दाल चामल दिएर जन्मदिन मनाएका हुन ।
उनले आफु पनि नाबालकै भए पनि नजिकै रहेको अनाथालयका बालबालिका यतिबेला कोरोनाको महामारीमा संकट हुन नदिन जन्मदिनको अबसरमा थोरै सहयोग होस भन्ने मान्यताले जन्मदिनमा हुने खर्च घटाउन सो सहयोग गरेको उनका आफन्त प्रतिक्षा थापाले बताएकी छन ।
अनाथालयमा रहेका बालबालिका आफु जस्तै उमेरमा रहेका र ठुहुराहरुको सेवा गर्ने अबसर परेकोले आफु खुसी भएको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार