बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सबैकाम आ-आफ्नै बिचारमै गरेकाछन,

सबैकाम आ-आफ्नै बिचारमै गरेकाछन,

  • शुक्रबार, जेष्ठ ७, २०७८
सबैकाम आ-आफ्नै बिचारमै गरेकाछन,

सबैकाम आ-आफ्नै बिचारमै गरेकाछन,
के भन्ने के नभन्ने सबै हतारमै गरेकाछन।

किन छैन चयन सहनसिलता मान्छे भित्र,
झग्डा पनि आपसमा बेकारमै गरेकाछन।

एउटाले धर्मकै लागि रगत दान गरेर गयो,
तुरुन्तै त्यो उद्धार त ब्यापारमै गरेकाछन।

शक्ति हुँनेरैछ रुपियामै पनि जरुरत भन्दा,
साम्राज्यवादले दमन औजारमै गरेकाछन।

यो संसार मयाँमा टिकेको छ त्यसैले होला,
दुश्मनले पनि हत्या सदै प्यारमै गरेकाछन।

कसैको मन जित्नुछ भने केहि त दिनुपर्छ,
उस्लाई घक्रक्कै पार्न उपहारमै गरेकाहुन्छ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार