शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • ब्यापारी बोहराद्धारा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

ब्यापारी बोहराद्धारा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

  • बिहिबार, जेष्ठ ६, २०७८
ब्यापारी बोहराद्धारा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

बाजुरा — सदरमुकाम मार्तडी ब्यापार गर्दै आएका ब्यापारी दिनेश बोहराले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापन तथा जोहो गर्नका लागि १० हजार सहयोग गरेका छन । पाण्डुसेन घर भई हाल सदरमुकाम मार्तडीमा ब्यापार गर्दै आएका बोहराले अक्सिजन ब्यबस्थापनका लागि सहयोग गरेका हुन । कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यबिेला अक्सिजन किन्न अभियान संचालन गरे संगै ब्यापारी बोहराले पनि सहयोग गरेको बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खदिर गरी जिल्ला अस्पताल बाजुरालाई दिने गरि सो अभियान संचालन गरिएको अभियान्ता चक्र मल्लले बताए ।

चर्चामा

सम्बन्धित समाचार