• होमपेज
  • समाचार
  • सँचालन भएको दुई महिनामै भत्तकिन सूर भयाे बझाङको मोटरेवल पुल

सँचालन भएको दुई महिनामै भत्तकिन सूर भयाे बझाङको मोटरेवल पुल

  • बिहिबार, जेष्ठ ६, २०७८
सँचालन भएको दुई महिनामै भत्तकिन सूर भयाे बझाङको मोटरेवल पुल

अर्थ जङ्ग शाही/बझाङ्ग — यातायात सँचालन भएको लगभग एक दुई महिना भएको छ ।सदरमुकाम चैनपुर पानकोटमा सेती नदीमाथि मोटरेबल पुल निर्माण सम्पन्न भएको।
७० मिटर लम्बाई रहेको उक्त मोटरेबल पुल बन्दा पुल पारी र पुल वारिका बासिन्दाहरु हर्षित भएका थिए। यसअघि विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि चैत २०७५ मा इलाइट कन्स्ट्रक्सन प्रालिसँग करिब ९ करोड रुपैयाँमा क्रसब्रिज बनाउने ठेक्का सम्झौता भएको थियो।
पुल नजिकै घर भएका एक बासिन्दा कैलास खड्का लाई हामीले सोधपुछ गर्दा खेरि, दुई दिनको बर्षाले त पिल्लरहरु बाङ्गो भए,चर्किए, यसरी बर्षा सधैँ हुने हो भने पुल पनि चर्किन बेर नहुने स्रोतले बताएका छन्।
आफ्नो पनि ट्याक्टर भएको हुनाले आफूलाई पुल केही हुने हो कि भनि डरत्रास लागिरहेको खड्काले बताएका छन्।।
सो मोटरेपुलको जिम्मा ईलाईट कन्ट्रक्सनका प्रतिनिधी कपिल राईले पाएका थिए।।
यस बिषयमा छिटो भन्दा छिटो प्रशासन निकाय र पुल पारि रहेका वडाअध्यक्षहरु लगायत नगरपालिकाले छिटो भन्दा छिटो निष्कर्ष निकालदिनु पर्यो भनेर स्थानियबासीहरुले सामाजिक सँजालमा दुख पोखेका छन्।

चर्चामा

सम्बन्धित समाचार