
बाजुरा — बडिमालिका नगरपालिकाका सवारी चालक सुर्य बडुवालले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ३ हजार ३ सय ३३ रुपैँया सहयोग गरेका छन । कोरोना संक्रमण पछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यतिबेला अक्सीजन ब्यबस्थापन गर्न अभियान संचालन गरीरहेका बेला नगरपालिकाका सवारी चालक बडुवालले पनि सहयोग गरेको अभियान्ता चक्र मल्ले बताएका छन । अक्सिजन ब्यबस्थापन अभियान संचालन भए संगै बडुवालले जिल्लाका नागरिकको स्वास्थ्यका लागि ३ हजार ३ सय ३३ रुपैया सहयोग गरेको सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन ।


