बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • अस्पताल बाजुराका नर्सहरू मृत्युसँग जुध्दै, सेवामा समर्पित

अस्पताल बाजुराका नर्सहरू मृत्युसँग जुध्दै, सेवामा समर्पित

  • सोमवार, जेष्ठ ३, २०७८
अस्पताल बाजुराका नर्सहरू मृत्युसँग जुध्दै, सेवामा समर्पित

बाजुरा — हाम्रो समाजमा ‘छोरी बिग्रिए नर्स, छोरा बिग्रिए कमर्स’ भन्ने चलन थियो । तर कोरानोको कहरमा ति नर्सहरु मृत्यु सँगै जुध्दै कोरोना बिरामीको सेवामा समर्पित रहेका छन् । जिल्ला अस्पताल बाजुराको कोरोना उपचार आइसोलेसन कक्षमा चार जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । तर नर्सहरु आफ्नो ज्यान दाउमा राखेर बिरामीको सेवा तल्लिन रहेकि छन् ।
बिरामी घर नफर्कुन्जेल नर्सले कसलाई कुन समय कस्तो औषधि दिने हेक्का राख्नुपर्छ । फ्लोरेन्स नाइटिङ्गेलदेखि सुरु भएको नर्सहरुको यात्रा आज विश्वभर फैलिएको छ । विश्वासिलो र मायालु व्यवहार नै नर्सहरुको पहिचान हो । कोरोनाको उपचारमा खटिएकि अस्पताल बाजुराका नर्सहरु बिरामीका लागि अभिभावक हुन् ।
जिल्ला अस्पताल बाजुराको कोरोना उपचारमा प्रत्येक सातामा दिनमा डिउटी च्यान्ज हुने गरेको छ । अनमि शुशिला रावत, र सरस्वती थापा आफ्नो डिउटी सकेर क्वारेनटाइममा छन् । स्टाफ नर्स, रश्मि हमाल र सर्मीला पाण्डे अहिले कोरोनाको बिरामीको उपचारमा छन् । चार जना करार कर्मचारी हुन्, तर उनिहरुलाई जागिर भन्दा पनि बिरामीको माया धेरै रहेको छ । अस्पताल बाजुरामा अहिले ९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
अनमि सरस्वती थापा भन्छन्, जब बिरामी नजिक पुग्छु, बिरामीको उपचार सँगै मनले बिरामीको स्वास्थ्य लाभको कामना र हृदयले प्रार्थना गरिरहेकी हुन्छु । आफ्नो ध्यान केवल बिरामीको ज्यान कसरी बचाउने भन्ने मात्र हुन्छ । त्यो बेला थाहा पनि हुन्न कि कतै मेरो परिवार छ, समयमा खाना खानु पर्छ आफ्नो स्वास्थ्यको ख्याल राख्नु पर्छ, ख्याल केवल त बिमारी छिटो निको हुन्छ, कि हुन्न भन्ने मात्र हुन्छ सरस्वती भन्छन् ।
सरस्वती भन्छन्, कहिले त मनमा पिपिसेट फेस मास्क लगाउदा लाग्छ कि नाकको आकृति नै फरक पो हुन्छ कि, अनि मास्कले छाडेका डोप, अनि चोट, मृत्युको साक्षी बन्दाको पिडा, बिमारीको आफन्त सँगको मिलन डिजिटलमा सीमित गराउनु पर्दा चोट नै चोटले क्षत-विक्षत निशब्द अनि जीवनविहीन हुन्छु । उनका यी भोगाइ बाहेक आफ्नो ख्याल राखेको छ छैन, तर बिरामीलाई ख्याल राख्नु है भन्दै अरूका लागि उर्जा श्रोत बनिरहेका छन् ।
अस्पताल बाजुरामा आजको अवस्थामा हिमालझैँ अडिग भएर नर्सहरु मृत्युसँग जुध्दै युद्ध मैदानमा छन् । जीवन त उनको पनि हो, तर समान, स्वच्छ, इमान्दारिताको भावले मानव सेवा गर्नेछु भन्ने सपथ लिएपछि राजा होस् कि रैती, अरबपति होस् कि गरिब, नर्सहरुको भाव र व्यवहारमा कुनै भिन्नता हुँदैन, डिस्चार्ज भएका एक संक्रमितले बडिमालिका खबर सँग भने ।
झन्डै डेढ वर्षदेखि कोरोना महामारीले विश्वलाई आफ्नो चपेटामा लिएपछि बिरामीको सेवामा दिनरात नर्सहरु खटिरहेका छन् । बिरामीको स्याहार सुसारका लागि नर्सहरुले आफ्नो घरपरिवारलाई भन्दा बढी महत््व दिएर काम गरिरहेका छन् । स्टार्फ नर्स रश्मि हमाल भन्छन्, बिरामीहरुको उपचार गर्ने जिम्मेवारी नर्सको काँधमा हुन्छ, हाम्रो जागिर र पैसा भन्दा पनि बिरामी सँगको सेवा सरोकार हो । आफ्नो र आफ्नो घर परिवारको ज्यान जोखिममा पर्न सक्ने थाहा हुँदा हुँदै सेवामा खटिरहेका छौ, रश्मिले वताईन् ।
कोरोना महामारीको यस अवस्थामा नेपालका मात्रै होइन विश्वभर कै नर्सहरु सेवामा खटिरहँदा उनीहरुले आफूलाई बिरामीकै सेवामा समर्पित गरिसकेका छन् । घन्टौंसम्म हावा समेत छिर्न नसक्ने, खाना र पानी समेत पिउन नसक्ने, शौच समेत जान नपाइने पीपीई लगाएर आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी बिरामीको रेखदेखमा खटिएका नर्सले गरेको कामको सम्मान हुनुपर्छ ।
नर्सिङ पेशा महान र प्रतिष्ठित छ । मानव सेवा र हेरचाह त्यति सजिलो विषय होइन । यसका लागि कडा मेहनत र लगनशिलता चाहिन्छ । महामारीको यस परिस्थितिमा नर्सले गरेको योगदान र सेवालाई सम्मान गर्नुपर्छ, अस्पताल बाजुराका निमित्त कार्यलय प्रमुख डा. प्रकाश जोशीले वताएका छन् । अस्पताल बाजुरामा कोरोना बिरामीको उपचार नर्सहरु तनमन भएर सेवामा लागेको उनले थपे ।
बडिमिालका खबरको टिम रिपोटिङ्गमा अस्पताल पुुग्दा आइसोलेसन कक्ष बाहिर संक्रमितका एक आफन्तले भन्दै थिए, लाग्थ्यो ठूला स्वरले भाषण गर्ने ठूला र साहसी हुन्छन् त्यो त माइक र स्टेज पाउंदा मात्र रहेछन् । यो महामारीमा नर्सबाट सर्छ कि जस्तो गर्ने पनि भेटिए, बोल्दा नै बोलि कंपाएको पनि देखिए । तर नर्स आफ्नो स्वास्थ्य जोखिममा राख्दै बिरामीहरुको स्वास्थ्यमा तन, मन, शरीर दाउंमा लगाउंदै छन् ।
कोमल हृदय, कठोर मन, शालीन व्यवहार, सुन्दर मुस्कान, पवित्र वाणी देख्दा एउटा प्रश्न मनमा सधैं उठ्छ, ऊ नर्स बन्नका लागि ती गुणहरु लिएर जन्मिएका हुन् अर्थात् नर्स बनेपछि यी गुणहरु आर्जित गरेकी हुन् । त्यसैले यो मन्त्र नै भएको छ- नर्सिङ इज एन आर्ट एन्ड साइन्स ।
सलाम छ यी योद्धाहरुलाई ।

चर्चामा

सम्बन्धित समाचार