• होमपेज
  • समाचार
  • कञ्चनपुरमा खैरो हिरोइनसहित एक जना पक्राउ

कञ्चनपुरमा खैरो हिरोइनसहित एक जना पक्राउ

  • सोमवार, जेष्ठ ३, २०७८
कञ्चनपुरमा खैरो हिरोइनसहित एक जना पक्राउ

कञ्चनपुर — कञ्चनपुरमा खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको पुनरवास नगरपालिका ११ डोकेबजार बस्ने १९ वर्षीय सुरज चौधरी पक्राउ परेका हुन्।

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० पहाडी टोल सीमा ईलाकामा भारतबाट नेपाल तर्फ आइरहेको से ३ प २५६२ नम्बरको मोटरसाइकल सहित चौधरीलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट भुडाबाट सहायक प्रहरी निरीक्षक गोबिन्द सिंह थापाको कमाण्मा खटीएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनको साथबाट ८ ग्राम खैरो हिरोईन, १ थान मोवाइल, १४५५ नगद रुपैँया, लाईटर र धारीलो हतीयार हँसिया बरामद गरि आवश्यक कारवाहिका ईलाका प्रहरी कार्यालय बेल्डाँडीमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐर बताए।

चर्चामा

सम्बन्धित समाचार