शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • स्वास्थ्य मन्त्रालयले भन्यो : बिरामीका आफन्तलाई अक्सिजन खोज्न नलगाउनू

स्वास्थ्य मन्त्रालयले भन्यो : बिरामीका आफन्तलाई अक्सिजन खोज्न नलगाउनू

  • आइतवार, जेष्ठ २, २०७८
स्वास्थ्य मन्त्रालयले भन्यो : बिरामीका आफन्तलाई अक्सिजन खोज्न नलगाउनू

काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालहरुको हुने बताए ।

‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकले बिरामीका आफन्लाई अक्सिजन लिएर आउनसु भनेको सूचना अएको छ’ उनले भने, ‘सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।’

अक्सिजन अभाव भएको भन्दै धेरै अस्पतालले बिरामी पक्षलाई नै खोज्न लगाउने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार