शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • अस्पताल बाजुरामा चिकित्सक माथि मदिरा सेवन गरि अस्पतालकै कर्मचारी द्धारा दुर्ववहार

अस्पताल बाजुरामा चिकित्सक माथि मदिरा सेवन गरि अस्पतालकै कर्मचारी द्धारा दुर्ववहार

  • आइतवार, जेष्ठ २, २०७८
अस्पताल बाजुरामा चिकित्सक माथि मदिरा सेवन गरि अस्पतालकै कर्मचारी द्धारा दुर्ववहार

बाजुरा–जिल्ला अस्पताल बाजुरामा शनिवार साँझ चिकित्सक माथी अस्पातलकै कर्मचारी द्धारा मदिरा सेवन गरि दुर्ववहार तथा गालि गलौज गरेको पाईएको छ ।
अस्पताल बाजुरामा अन्तरंग सेवा राउन्ड लिइ फर्केर चिकित्सक डा. शेर बहादुर साँउदलाई आकसिम्क कक्षमा बिरामीको राउन्ड लिदा अस्पतालका कर्मचारीले दुर्ववहार गरेको चिकित्सले वताएका छन् । अस्पतालका सुचना अधिकारी नृपराज गिरी र कम्पुटर अप्रेटर मान बहादुर हमालले मदिरा सेवन गरी गालि गलौज र दुर्ववहार गरेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
दुर्ववहार गर्ने दुुबै जना प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख मदनजित महराले वताएका छन् । अस्पतालमा काम गर्ने वाताबरण सिर्जना नभएको भन्दै तिन जना चिकित्सक डा. शेर बहादुर साउद, डा. गौरब आचार्य र डा. दिप्रेन्द्र बुढा जिल्ला प्रशासन पुुगेका थिए । प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले भने उनिहरु माथि दुर्ववहार भएको बुझियो सबैलाई राखेर छलफल गर्ने वताए ।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले दोषिलाई कानुन अनुसार कार्यवाहि गर्ने वताएका छन् । अस्पताल प्रमुख डा. प्रकाश जैशीले अस्पतालकै कर्मचारीले चिकित्सक माथि दुर्ववहार गरेको दुुबै जना प्रहरी नियन्त्रणमा रहेको वताए ।

चर्चामा

सम्बन्धित समाचार