शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • अलपत्र रहेको बाह्रबिस शाखाको एम्बुलेन्स प्रशासनले मर्मत गरेर सञ्चालनमा ल्याउदै

अलपत्र रहेको बाह्रबिस शाखाको एम्बुलेन्स प्रशासनले मर्मत गरेर सञ्चालनमा ल्याउदै

  • शनिबार, जेष्ठ १, २०७८
अलपत्र रहेको बाह्रबिस शाखाको एम्बुलेन्स प्रशासनले मर्मत गरेर सञ्चालनमा ल्याउदै
फाइल तस्बिर

बाजुरा–लामो समय देखी अलपत्र अबस्थामा रहेको नेपाल रेडक्रस सोसाईटि बाह्रबिस शाखाको एम्बुलेन्स जिल्ला प्रशासन कार्यलय बाजुराले मर्मत गरेर सञ्चालनमा ल्याउने भएको छ । सदरमुकाम मार्तडी एम्बुलेन्स नहुदा समस्या भइरहेका बेला अलपत्र अबस्थामा रहेको एम्बुलेन्स प्रशासनले मर्मत गरेर सञ्चालनमा ल्याउन लागेको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् ।
रेडक्रस बाह्रबिस शाखाले सञ्चालन गरिरहेको एम्बुलेन्स पटक पटक बिग्रेर अलपत्र अबस्थामा रहदै आएको थियो । शाखाले सञ्चालन गरेको एम्बुलेन्श भारत सरकारको सहयोग गरेको हो । बाह्रबिस शाखाले चलाएको एम्बुलेन्स बिग्रेर थन्कीएको थियो, महामारीका बेला एम्बुलेन्सको अति आबश्यक भएकाले प्रशासनले बनाउने गरि एम्बुलेन्स लिएको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् ।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले भने जिल्लामा एम्बुलेन्स अपडेट लिएको तिन वटा एम्बुलेन्स बिग्रेर अलपत्र अबस्था पाएको वताए । बाह्रबिस शाखाले सञ्चालन गरेको एम्बुलेन्स जिल्ला प्रशासनको पहलमा मर्मत गर्ने गरि अछामको साँफेमा रहेको ग्यारीजमा छोडेको उनले वताए । मर्मत गर्न २ लाख भन्दा बढि लाग्ने भनेको छ, केही सामान त्यहाँ नपाउने भएकाले धनगढी बाट मगाएको खर्च अझै बढन सक्ने अधिकारीले वताए । चाडै मर्मत गरेर सञ्चालनमा ल्याउने प्रजिअले वताए ।
एम्बुलेन्श सञ्चालन नआउदा बिरामीलाई अन्य गाडिमा अस्पताल लिनु पर्ने रहेको छ । पटक पटक ब्यबस्थापन पक्षको कमजोरीका कारणले एम्बुलेन्श अलपत्र बन्दै गएको स्थानियले आरोप लगाएका छन् । बाह्रबिस रेडक्रस शाखाले सञ्चालन गरेको एम्बुलेन्स पटक पटक बिवादमा तानिने गरेको थियो ।
बुढिगंगा नगरपालिकामा ३ वटा एम्बुलेन्स मध्ये १ एम्बुलेन्स मात्र सञ्चालनमा रहेको थियो । एउटा जिल्ला प्रशासनले तानेर मर्मत गर्न लागिसक्यो अर्को एम्बुलेन्स धनगढी मर्मतका लागि पठाएको छौ, सामान नपाएर मर्मत नभएको स्वास्थ्य संयोजक दिपक शाहले वताए । शाह भन्छन्, ब्यबस्थापनको कमजोरीले एम्बुलेन्स अलपत्र रहेको वताए । उक्त एम्बुलेन्स संबिधान सभाका सदस्य डबल शाहले टाँटे स्वास्थ्य चौकीलाई दिएको थियो । अहिले सञ्चालनमा रहेको एम्बुलेन्स प्रदेश सरकारले गतबर्ष दिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार