शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • कागलाई बेल पाक्यो।

कागलाई बेल पाक्यो।

  • बिहिबार, बैशाख ३०, २०७८
कागलाई बेल पाक्यो।

 सुरेशकुमार पान्डे — सत्ताको खेल हिँजो दिए राजिनामा आज फेरी लगाय ओलिले उहि जामा।कुनैपनि दलले सरकार बनाउँन निर्धारित समयमा दाबा पेस गर्न नसक्दा पुन ओलिलाई सत्ता सरकार चलाउँने निम्तो ठुलो दलको हैसियतले। सरकार ढल्यो कुन आउला त्यो भन्दा पनि मुख्य कुरा जनतालाई कसरी जोगाउँने यो आम मानिसको खाँचो भयकोछ।अरुलाई कुन आउ्छ सरकार भन्दा भन्दै ओलि फर्किएकाछन। अहिलेको जटिल परिस्थितीमा यो कोरोनाबाट कसरी बच्ने र बचाउँने भन्नेबारे चिन्तितछन आम नागरिक।तर राजनीतिक पार्टीहरु सत्ताको खेलमा ब्यबस्थछन।

अहिले जनताले आक्सिजन,भ्याक्सिन र आसिओ रुम नपाएर बाहिर बसेकाछन।अस्पत्तालमा यतिधेरै रोघिहरु आएकाछन कि उनिहरुलाई भन्निन्छ रातभरीमा त्यो रोगी मर्छ अनि आईसियो रुमको सिट खालिहुन्छ त्यसपछि त्यसमा सिप्टगरौँला,कति ठुलो सर्मनाक बिषयहो।देशमा औषधी छैन उपचार,टेट्मैन्ट राम्रोछैन,यातायातको सुबिधा छैन,सहर बजारमा उपचारको कुनै ब्यबस्थाछैन,अन्य ठुला सहरमा वा राजधानी पुराउँनको लागि प्राप्त मात्रामा कुनै साधन छैन।प्राईभेट साधन सितिमिति पाईदैन पाईयो भने उस्ले मागेको भाडा तिर्नुपर्छ,उस्ले काठमाण्डौको पचास हजार मागेपनि दिनैपर्छ अरु उपाया छैन।

अँस्ति भर्खर एकजनाले लेखेका थिए बुट्वलबाट काठ्माडौ पुराएको भाडा पचास हजार दिनु पय्रो।अब भन्नुहोश दुर्गम क्षेत्रमा वा पहाडि भेगमा यस्तो आपत आई लाग्यो भने मानिशलाई जोगाउँन सक्केला त?गरिब मानिशले उपचार नपाएर अकालैमा मर्छन,मरेका पनिछन। नेपालमा नेपाली जनताको लागी सरकार खै त?सरकारले जनताको लागि के गय्रो,के गर्दैछ?यो जान्ने अधिकार नागरिकको छकी छैन?के सदियौँ उस्तै राणा,राजा हरुको जस्तै तानासाहि ब्यबस्था रहिरहनेहो हाम्रो देशमा?गणतन्त्र आएको अनुभुति भयको छैन नागरिकहरु लाई।

के गलति गरे नागरिकहरुले?राणा फाल्दा मारिए,राजा फाल्दा मारिए,जिवनभरी लड्दा पनि सुःख र शान्ति छैन। देशभित्र कामछैन देशमा बिदेश पुगेर पढेर डिग्रि ल्याएपछि नोकरीको लागि होईन बरु राहदानीको लागि कैले काठमाण्डौ कैले मैनपावरको आफिशमा चक्र काट्नु पर्छ बिदेश जानको लागि।डिग्रि पाएपछि खाडिमा गयर ऊँट हेर्ने भेँडा चराउँने वा भारत गएर होटेलमा भाँडा खकाल्ने वा कुनै धनिको गेट कुरेर उस्को गुलामि गर्ने।

यही हो हाम्रो देशको सरकारले हामिलाई दिएको नागरिक अधिकार।वाह संसारले तालि पिटेकोछ स्याबाश भनेको छ यिनै नेताहरुको रुवाबाश देखेर। देशभरी मात्रै होईन लाखौ लाख भनौ आधा जन सँख्या बिदेशमाछन तिनिहरुको अबस्था कस्तोछ त्यो यो सरकारलाई थाहानै छैन।उनिहरु बाँचेभने फर्केर आउँछन मरेभने लावारीश भनेर कसैन कसैले उन्लाई जलाई दिन्छन।पुशुतुल्य अबस्थाछ सरकारलाई उनिहरुले पठाएको रेमिटेन्सी त मिलि राख्छ जिवित छँदा सम्म। मरे आर्काको छोरा मर्छ उनिहरुले त आफ्ना छोराछोरीलाई बिदेशमा पठाएकाछन ऐयासि गर्न।

अहिले कोरोनाको महामारीछ देशभित्रकै अबस्था नाजुकछ तर नेताहरुले सरकार कसरी बनाउँने कलाई किन्न सक्किन्छ को बिकाउछ त्यही खिचातानीमा ब्यास्थ छन।एतिबेला सबै नेताहरुले साँसदहरुले आ-आफ्नो तलबलाई राष्ट्रीय कोस बनाएर कोरोनाका मरिजहरुलाई सहयोग गर्ने गर्नु पर्थ्यो।प्रतेक गाउँ सहरमा सुफत मुल्यामा रासनको ब्यबस्था गर्नु पर्थ्यो।

सरकारको माध्याम बाट आईसिओ को ब्यबस्था आक्सिजनको ब्यबस्था गर्नु पर्दथ्यो। त्यसो गर्नुको सट्टा साँसदलाई किन्ने र आफ्नो सरकार बनाउने देशको ढुकुटी रित्ताउँनेमा सरकार पनि लागेकैछ।बिपक्षहरु पनि उस्लाई घेर्ने र आफ्नो स्वार्थ पुरागर्ने तिर छन।जुनसुकै सरकार आएपनि सरकारले कसैलाई नटेर्ने यो अबस्थाछ देशमा अनि के हुँन्छ देशको अबस्था जसले पनि अनुमान लगाउँन सकिन्छ।

देशका नागरिकहरुको काँधमा चालिसहजार भन्दा बढी रिण आएकोछ।अर्को तिर बिभिन्न ठुला कम्पनि विआइपी हरु सँग सरकारले असुल गर्न नसकेका डिफाल्टरहरु छन।एन सेल७३अर्ब,स्वि.बैक ५२अर्ब,चुडामाणि शर्मा ३०अर्ब,चमोलिया जलबिधुत२३.३अर्ब,फोर जी बितरण११अर्ब,बिनोद चौधरी करछुट७अर्ब,वाईडबडी प्लेन६.५९अर्ब,सिन्डिगेट हराउँन वार्गेनिङ्ग५अर्ब,बुढु गण्डकी५अर्ब,लोकमान कार्की५अर्ब,भृकुटी मण्डप लिज प्रकर्ण५अर्ब,आसे पासेलाई ढुकुटी बितर्ण५अर्ब,मैनपावर कम्पनि बार्षिक४अर्ब,पहाडि मार्ग३.२अर्ब,गोपाल खड्का३अर्ब,माथिल्लो तामाकोसी३अर्ब,नेपाली ज्ञास बुलेट रोक्का३अर्ब,रेडक्रस जमिन भवनकाण्ड३अर्ब,चन्द्रागिरी केवुलकार सम्झौता२.८अर्ब,हुलाकी मार्ग२.५अर्ब,पप्पु कट्रेक्सन बाट लिएको२०.५अर्ब,मेलेम्चि खानेपानी२अर्ब,सुगत रत्न कासकार१.८अर्ब,राजेन्द्रजर्साब१.५अर्ब,लाईसन छपाई कमिसन१.५अर्ब,३८क्वईन्टल शुन१.५अर्ब,हिमालय एरलाईन्स१.४अर्ब,यस बाहेक पनि झिना मसिना डिफाल्टरहरु छन जो सरकारले छुन सकेकोछैन।

हामी गरिब किसान,लाहुरे हरुले एउटा बस्ने बासको पनि ईमानदारी सँग मालपोत कार्यलयमा गएर पोत तिरेका हुँन्छौ।बिदेश बाट आउँदा झोला समेत खोलेर बोडरमा तलासि दिन्छौँ।एक केजी जीरा एकजोरा राम्रा कपडा ल्याउँदा पनि कर लाग्छ भन्छन,एउटा बोके पाठाको पनि कर तिर्नु पर्छ तर धनीहरुले कर होईन बैँकबाट लिएको रकमपनि बिभिन्न बहानामा स्वाहा पारेका हुँन्छन। ३८किलो शुन भित्रिदा सरकारले असुल गर्न सक्दैन एन सेल जस्ले यति महेङ्गो नेटवर्क सञ्चालन गरेकोछ तर पनि आफुले तिर्नु पर्ने करतिर्दैन।सरकारले सदैभरी बिदेशले देला र खाम्ला भनेर आँ गरेर बसेको हुँन्छ।कति ठुलो दुःख र बिड्बनाको कुराहो।आज संघियता लाई नेपाली जनतामा लाधेर अँझै पनि राजधानिको लडाई सकिएकोछैन।अहिले हेर्नुश नयाँ सरकार बन्दा बित्तिकै फेरी राजधानीको लडाई सुरुहुँनेछ।

यो संघियता बिदेशीले हाम्रो देशमा लगाएको आगोहो सितिमिति निभ्ने आश नगरौँ।नेपाली जनतालाई धर्म परिवर्तन गर्न लगाएर देशमा धार्मिक समप्रकदाईक स्रिजना गर्ने दाउँमाछन।देश अहिले फिजि बन्दै गयकोछ।एकता तिर छिमेकीले देशलाई सिक्किम बनाउँने दाउँमा छ।आर्को तिर अमेरिकन साम्राज्यावादले रण क्षेत्र बनाउँन खोजेकोछ लोभी नेताहरुले लालचमा एमसीसी पारित गराउँन यो शड्यन्त्र गर्दैछन।

धिकार छ हाम्रा देशका कथित नेता र बुद्धीजिवी हरुलाई छिमेकीले देशलाई सिक्किम बनाउँने दाउँमा छ।आर्को तिर अमेरिकन साम्राज्यावादले रण क्षेत्र बनाउँन खोजेकोछ लोभी नेताहरुले लालचमा एमसीसी पारित गराउँन यो शड्यन्त्र गर्दैछन।धिकारछ हाम्रा देशका कथित नेता र बुद्धिजीवीहरुलाई।आफ्ना नगरिकहरुको ईलाजका लागि एउटा राम्रो अस्पत्ताल समेत दिन नसक्ने,नागरिकका लागि एम्बुलेन्श र सरकारी यातायातको ब्यबस्था गर्न नसक्ने सरकार हाम्रोलागि जुनसुकै आएपनि कागलाई बेलनै हो।हिँजो राजिनामा दिएर आज सफत लिने ओलि लाई एउट प्रश्नछ भने के जनता र देशको थोरै पनि मायाँछ यदि छ भने यो नोटंकी छाडेर मरिजहरुको लागि आक्सिजन,ओसिबी,र भ्याक्सिनको जुगाड गरौँ।

अन्याथा जनतालाई तर्शाउँने तमाम तनाशाहहरु कोईराको काग भयकाछन।हामिलाई जुन सरकार आएपनि कागलाई बेल जस्तै हो।

चर्चामा

सम्बन्धित समाचार