बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • अस्पताल बाजुरामा अक्सिजन पलान्ट स्थापना हुदै, प्रदेश सरकार बाट ८० लाख बिनियोजन

अस्पताल बाजुरामा अक्सिजन पलान्ट स्थापना हुदै, प्रदेश सरकार बाट ८० लाख बिनियोजन

  • बिहिबार, बैशाख ३०, २०७८
अस्पताल बाजुरामा अक्सिजन पलान्ट स्थापना हुदै, प्रदेश सरकार बाट ८० लाख बिनियोजन

बाजुरा — जिल्ला अस्पताल बाजुरामा अक्सिजन पलान्ट स्थापना हुने भएको छ । पलान्ट स्थापनाका लागि अस्पतालले सात दिने सुचना जारि गरिसकेको अस्पताल बाजुराका निमित्त कार्यलय प्रमुख डा.प्रकाश जैशीले वताएका छन् ।
देशभर कोरानाको कहर बढिरहेको बेला शुदुरपश्चिम प्रदेश सरकारले अस्पताल बाजुरालाई ८० लाख बिनियोजन गरेपछि अक्सिजन पलान्ट स्थापना प्रक्रियामा अगाडि बढेको अस्पताल प्रमुख डा. जैशीले वताए । प्रदेश सरकार बाट ८० लाख बिनियोजन भएको थियो, बिहिवार ७ दिन सुचना जारि गरेका छौ, स्थापनाका लागि कसैले टेन्डर हाल्यो भने १ महिना सम्म स्थापना भइसक्ने अस्पतालले जनाएको छ ।
बाजुरा प्रदेश (ख) का सांसद तथा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले भने जिल्ला अस्पताल बाजुरामा अक्सिजन पलान्ट बनाउन लागि तत्कालनै प्रदेश सरकार बाट ८० लाख बजेटको ब्यबस्थापन गरिएको वताए । जिल्लामा कोरोना भाइरसका बिरामी दिनानु दिन बढ्दै गएको अबस्थामा अक्सिजनको अभाव हुन नदिने उद्देश्यका साथ शुदुरपश्चिम प्रदेश सरकारले बजेटको ब्यबस्थापन गरि जिल्लामा पठाएको मन्त्री शाहले बताएका छन ।
अक्सिजन पलान्ट स्थापना हुने भएमा कोरानका बिरामी मात्र नभई अन्य बिरामीलाई समेत उपचारमा निकै सहज हुने अस्पतालका कोभिड फोकल पर्सन चुडामणि पन्तले वताएका छन् । तर यो बेला अक्सिजन पलान्ट स्थापना का लागि कम्पनि पाईने सम्भाबना कमै रहेको वताए । कसैले टेन्डरमा हाल्यो भने चाडै अस्पताल बाजुरामा अक्सिजन पलान्ट स्थापना हुने पन्तले वताए ।
अक्सिजन पलान्ट तत्काल बनाई जनताको हितमा काम गर्न र कुनै पनि नागरिकलाई अक्सीजनको कमि हुन नदिन अस्पताललाई छिटो काम गर्न मन्त्री शाहले अनुरोध समेत गरेका छन । अहिले जिल्ला अस्पताल बाजुरामा अक्सिजनका लागि धनगढी नेपालगञ्ज बाट ल्याउनु पर्ने बाध्यता रहेको छ । अस्पातल बाजुरामा केही दिनमै अक्सिजन अभाब हुने देखिएको छ । प्रदेश सरकारले शुदुरपश्चिमका ६ पहाडी जिल्लामा अक्सिजन पलान्ट स्थापनाका लागि ८० लाखका दरले बजेट बिनियोजन गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार