शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • पर्यटन
  • मंगलबार ६० भन्दा बढी आरोहीले टेके सगरमाथा चुचुरो

मंगलबार ६० भन्दा बढी आरोहीले टेके सगरमाथा चुचुरो

  • बुधबार, बैशाख २९, २०७८
मंगलबार ६० भन्दा बढी आरोहीले टेके सगरमाथा चुचुरो

काठमाडौं — मंगलबार ६० भन्दा बढी आरोही सगरमाथा चुचुरोमा पुगेका छन् । सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार यस पटक एक शिविरबाट अर्को शिविरमा जान दिइएको छैन ।

सोहीकारण संख्या यकिन गर्न सकिएको छैन । ‘६० भन्दा बढीले चुचुरो चुमेका छन्,’ उनले  भने, ‘शेर्पा सहयोगीसमेत संख्या ठूलो हुन सक्छ ।’

आज बहराइनका राजकुमारसहितको टोली पहिलो पटक सगरमाथा चुचुरोमा पुगेको छ । यो टिममा मात्र ४० जना शेर्पा सहयोगी खटिएका थिए । उनका अनुसार चुचुरामा पुगेको टोली आज क्याम्प २ मा झरेर बास बस्नेछ ।

थप केही टोली उकालो लागेका छन् । बुधबार र बिहीबार मौसम अनुकुल देखिएका कारण थप आरोही चुचुरोतर्फ लाग्नेछन् । त्यसपछि भने मे २० मा मात्र मौसम अनुकुल देखिएको श्रेष्ठले जानकारी दिए ।

‘यो तीन दिनमा १ सयभन्दा बढीले चढ्ने देखिएको छ,’ उनले भने, ‘२० मे पछि भने भिडभाड हुने देखिन्छ ।’ श्रेष्ठका अनुसार आधार शिविरको अवस्था अहिले सामान्य छ । तर, एक शिविरको व्यक्ति अर्को शिविरमा जान पाउँदैन । ‘हामी पनि काठमाडौंमा जस्तै लकडाउनमा छौं,’ आधार शिविरबाट श्रेष्ठले भने ।

चर्चामा

सम्बन्धित समाचार