शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • गौमुल गाउँपालिकामा अक्सिजन सहित १५ बेड कोभिड अस्पताल

गौमुल गाउँपालिकामा अक्सिजन सहित १५ बेड कोभिड अस्पताल

  • मङ्लबार, बैशाख २८, २०७८
गौमुल गाउँपालिकामा अक्सिजन सहित १५ बेड कोभिड अस्पताल

बाजुरा–बाजुराको गौमुल गाउँपालिकाले अक्सिजन सहित १५ बेडको कोभिड अस्पताल स्थापना गरेको छ । गाउँपालिकाले कोरोनाको कहर बढदै गएपछि कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहित १५ बेडको अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिका उपाअध्यक्ष सिता थापाले वताएकि छन् ।
गाउँपालिकाले चिकित्सक सहितको अस्थायि कोभिड अस्पताल सञ्चालनमा ल्याएर गाउँपालिकामा कोरोना संक्रमितको उपचार शुरु गरेको स्वास्थ्य संयोजक हरिचन्द्र बिकले वताएका छन् । कोरोनाको उच्च जोखीम बढी रहेको अवस्थामा गाउँपाकिालमा बढ्न सक्ने सम्भाबना भएकाले अक्सिजन सहित कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । अहिले उक्त अस्पतालमा एकजना संक्रमितको उपचार भइरहेको छ ।
कोभिड अस्पतालमा चिकित्सक सहित स्वास्थ्यकर्मीको टोलि संक्रमितको उपचारका लागि ब्यबस्थापना गरेको गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् । कोभिड अस्पतालमा डा.रुपेश बाटी सहित स्वास्थ्यकर्मी रहेका छन् । आइसोलेसन वार्डमा १५ वटा वेड रहेको सबै वेडमा अक्सिजन सिलिन्डर सहित ब्यबस्थापन गरेको बाटिले बताए । एउटा बिद्युक्तिय कन्सन्टेटर समेत रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाकाको कार्यलय घटमुनामा कोभिड १९ अस्थायी अस्पताल सञ्चालन सँगै बिरामी चेकजाँच देखी अन्य उपचार सेवा सुचारु रहेको छ । कोभिड अस्थायी अस्पताल सँगै ओपिडि सेवा, ल्याब, र एक्सरे लगायतका सेवा सञ्चालन गरिरहेको छ । कोभिडका बिरामीका लागि छातिको एक्सरे अनिवार्य रहेकाले गाउँपालिकाले एक्सरे सेवा समेत सञ्चालनमा ल्याएको छ । अस्पतालमा दैनिक ३५ जना भन्दा बढि बिरामी आउने गरेको डा. रुपेश बाटि ले वताएका छन् ।
अस्पतालमा जसो पेट दुुखेको बिरामी, महिलाको पाठेघर सम्बन्धि समस्या, चिलाउने, दम, छालाको बिरामी आउने गरेका छन् । गाउँपालिका उपाअध्यक्ष सिता थापाले भनिन्, गाउँपालिकामा मेडिकल अधिकृत ल्याएर अस्पताल सञ्चालनमा आएपछि स्थानियलाई निकै सहज भएको वताएकि छन् । सामान्य चेकजाँच तथा चिकित्सक सेवा लिनका लागि जिल्ला अस्पताल बाजुरा जानुपर्ने बाध्यता टरेको उनले वताईन् ।
गाउँपालिकाले कोरोनाको सम्पुणर् उपचार निशुल्क गरेको छ । त्यस्तै ओपेडि टिकट निशुल्क गरेको छ । त्यो सँगै अस्पतालमा १ सय १० प्रकारका औषधि बिरामीलाई निशुल्क दिने गरेको छ । सरकारले निशुल्क औषधिक दिने निणर्य कम गरेको छ, तर गाउँपालिका आर्थिक अबस्था कमजोर भएका धेरै उपचारमा आउने भएकाले १ सय १० प्रकारका औषधि निशुल्क दिने ब्यबस्थापन गरेको गौमुल गाउँपालिका प्रमुख प्रशासकि अधिकृत जगदिश प्रसाद भट्टले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार