मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाचार
  • सगरमाथा चढे बहराइनको राजपरिवारका सदस्य

सगरमाथा चढे बहराइनको राजपरिवारका सदस्य

  • मङ्लबार, बैशाख २८, २०७८
सगरमाथा चढे बहराइनको राजपरिवारका सदस्य

२८ वैशाख, काठमाडौं — बहराइनको राजपरिवारका सदस्यसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । सो टोली मंगलबार बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।

यो जारी सिजनको पहिलो अनुमति प्राप्त सगरमाथाको आरोहण दल हो । यो टोली सेभेन समिटबाट सगरमाथाको आरोहणका लागि प्रस्थान गरेको थियो ।

यो टोलीमा बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफासहितका आरोहीहरु थिए । यसअघि राजकुमार खलिफाले मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार