मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कसैलाई राख्ने अनि कसैलाई पखाल्नु पर्छ,

कसैलाई राख्ने अनि कसैलाई पखाल्नु पर्छ,

  • आइतवार, बैशाख २६, २०७८
कसैलाई राख्ने अनि कसैलाई पखाल्नु पर्छ,

कसैलाई राख्ने अनि कसैलाई पखाल्नु पर्छ,
यीनै बिदेशी दलाल समेतलाई खगाल्नु पर्छ।

कुराहरु नबुज्दा सदैभरी अचम्मै पर्छु मपनि,
प्रतिगामिकै बिरोधगर्दा कसैलाई ढाल्नु पर्छ।

ठिकलाई ठिक गलतलाई गलत भन्नकैलागि,
राजनीति गरेर हुँदैन राम्रो पाईला चाल्नु पर्छ,

सबैभन्दा प्रमुख बिषय भनेकै हुनुपर्छ देशको,
देश लाई जोगाउँने बलियो बिचार थाल्नू पर्छ।

जताकतै अवसरबाद छन भनेर मात्रै हुँदैन है,
आफुले क्रान्तिकारी बागडोरनै सम्हाल्नु पर्छ।

हामीले संघियतामै टेकेर पनि गरेकैछौँ बिरोध,
देशमा शान्ति ल्याउँन त संघियता फाल्नु पर्छ।

ब्याक्ति पुजागर्नाले नै भयो बिउ बचाउँन गारो,
देशको बेनरमानै क्रान्तिको मशाल बाल्नु पर्छ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार