शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • उदयपुरको चौदण्डीगढीमा आगलागी हुँदा ५ घर नष्ट

उदयपुरको चौदण्डीगढीमा आगलागी हुँदा ५ घर नष्ट

  • आइतवार, बैशाख २६, २०७८
उदयपुरको चौदण्डीगढीमा आगलागी हुँदा ५ घर नष्ट

उदयपुरको चौदण्डीगढी नगरपालिका–८ स्थित बिरेन्द्रबजारमा आगलागी भएको छ । आइतबार बिहान विद्युत सर्ट भएर भरत राईको घरबाट आगो सल्केको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आगलागीबाट काठले बनेका र टिनको छाना भएका ५ घर नष्ट भएका छन् ।

इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको छ । आगलागीबाट भरत राई, शिशिर गुरुङ, बाल विक्रम राई, पदम कुमारी मगर, कृष्ण मगरको घर नष्ट भएको प्रहरीले जनाएको छ । घर, अन्नपात र भाँडा वर्तन नष्ट हुँदा १ करोड बढीको क्षति भएको छ ।

आगलागीबाट पार्किङ गरेर राखेको ट्याक्टर र एउटा मोटरसाइकल जलेको छ ।

चर्चामा

सम्बन्धित समाचार