शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • वडाअध्यक्ष बिक डडेल्धुरा रिफर

वडाअध्यक्ष बिक डडेल्धुरा रिफर

  • शनिबार, बैशाख २५, २०७८
वडाअध्यक्ष बिक डडेल्धुरा रिफर

बाजुरा — बाजुरा बडिमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष बिनोद कुमार बिकलाई डडेलधुरा रिफर गरिएको छ । अध्यक्ष बिकलाई कोरोना देखीएको र जिल्लामा उपचार सम्भव नभए पछि डडेलधुरा रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जानकारी दिएकाे छ ।
उनलाई अक्सीजन सहित भ्यानीलेटरको आबस्यकता पर्ने भएकोले जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएको अबस्थामा अध्यक्ष बिकलाई रिफर गरिएको जिल्ला अस्पताल काेराेना फाेकल प्रसन चुडामडी पन्तले  जनाएको छ ।
जिल्लामा दुई आइसियु र दुई भ्यान्टीलेटर भएको देखाए पनि अक्सिजन र जनशक्ति अभावले कार्यान्वयन नहुदा अध्यक्ष बिकलाई रिफर गर्नुपरेको पन्तले  बताए । स्वास्थ्य कार्यालयको दैनिक रिर्पोटमा २ भेन्टीलेटर र २ आइसियू जडान गरेकाे प्रतिबेदन निकाल्ने भनिए पनि स‌चालन नभएको पाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार